मकवानपुरमा दुई वटा गाडीमा आगजनी

हेटौँडा : मकवानपुरको थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाका दुई स्थानमा बन्द कर्ताले बन्दको अवज्ञा गरेको भन्दै दुई वटा गाडीमा आगजनी गरेको छ । जिल्लाको पालुङबाट हेटौँडा तर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी र भिमफेदी गाउँपालिका– ९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा बिहीबार बिहानै आगजनी गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :