कैलालीमा शंकास्पद वस्तु फेला

कैलाली : कैलालीको लम्की बस पार्कमा शंकास्पद वस्तु फेला परेको छ । बस पार्क स्थित कर्णाली यातायातको टिकट बुकिङ काउन्टर भित्र शंकास्पद वस्तु भेटिएको हो । 

रातो कपडाले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको खबरपछि ईलाका प्रहरी कार्यालय लम्कीको टोली घटना स्थलमा पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले उक्त शंकास्पद वस्तु के हो भन्ने नखुलेको बताएका छन् । शंस्कापद वस्तु निष्क्रीय पार्न नेपाली सेनासंग समन्वय भइरहेको बस्नेतले बताएका छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :