बन्दको दिन चितवन र नुवाकोटका विभिन्न ठाउँमा शक्तिशाली बम विस्फोट

 

काठमाडाैँ : जनताको पार्टीलई सरकारले प्रतिबन्ध लगाएको र नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)लगायत नेताकार्यकर्ता गिरफ्तार गरेको भन्दै स्थानीय चितवन र नुवाकोटका जनताले प्रतिरोध स्वरुप बम विस्फोट गराएको छ । नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा जनताले चितवनको विभिन्न ठाउँमा र नुवाकोटमा शक्तिशाली बम विस्फोट गराएको समाचार प्राप्त भएको छ ।

विस्फोट भएको स्थानहरु चितवनको खैरेनी नगरपालिका, राप्ती नगरपालिका, रन्तनगरपालिका र कालीका नगरपालिको कालिचोक, भरतपुर महानगरपालिको नारायणगढचोकमा बम विस्पाmेट भएको समाचार प्राप्त भएको छ । त्यस्तै बुधबार बेलुका चितवनको गिता नगर, रामनगर, पूर्वी चितवनमा जनताले प्रतिरोध स्वरुप मसाल जुलुस निकालेको समाचार प्राप्त भएको छ । उता बुधबार नुवाकोटको ककनीमा जनताले मसाल जुलुस निकालेको समाचार छ भने अहिले विदुर नगरपालिकामा जनताले प्रतिरोध स्वरुप बम विस्फोट गरेको समाचार छ ।

विस्फोटबाट दुबै जिल्लाका जनताहरुमा त्रसित बनेका छ्न । बन्दको कारण चितवन र नुवाकोट आसपासमा लामो दुरिको सवारीसाधन चलेका छैनन् । बन्दको कारण कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द भएका छन् ।

२०७६ चैत्र ५ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :