बन्दको प्रभाव देशै भरी यातायात बन्द गर्ने नयाँ तरिका

फाइल तस्वीर

काठमाडौँ : आफ्नो पार्टीमाथि गरिएको सरकारी दमन, प्रतिबन्द र नेता कार्यकर्ता गिरफ्तारीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ । बन्दको दिन राजधानीबाट बाहिरीने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन् । त्यस्तै राजधानी बाहिरका जिल्लाहरुमा पनि सवारी साधन, शैक्षिक संस्था, कलकारखाना, उद्योग, बजार बन्द भएका छन् । देशका मुख्य ठुला र साना शहरहरु बन्द रहेका छन् ।

यसैबीच बन्दकर्ताहरुले पुर्वपश्चिम महेन्द्र राजमार्गमा ढुंगा थुपारेर यातायात बन्द गराएका छन् । सिराहाको मिथिला नगरपालिका गदाह पुलमा बन्दकर्ताहरुले रातभरी टयाक्टरबाट ढुंगा थुपारेर सडक अबरुद्ध गराएका हुन् । बन्दको अघिल्लो दिन सिराहकै शिशिर नगरपालीका बडा नम्वर ६ औराहारमा मसाल जुलुस निकालीएको थियो । यसैबिच गएराती नै गुल्मीको तम्घास, अस्लेवा, धुर्कोट नेटादर्लीङ लगायतका ठाँउहरुमा मसाल जुलुस निकालीएको खबर छ । बन्दको दिन बिहानै ठाँउ ठाँउमा बम विस्फोटनका घटना पनि भएको प्रहरीले जनाएको छ । 

२०७६ चैत्र ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :