नेपाल बन्दको दिन हेटौंडामा प्रेसर कुकर बम फेला

हेटौंडा : नेपाल कम्युनिस्ट पार्टीले सरकारी प्रतिबन्ध र पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)लगायत नेताकार्यकर्ता गिरफ्तारी विरुद्ध आह्वान गरेको एक दिने नेपाल बन्दको प्रभाव हेटौडामा पनि परेको छ । नेपालको बन्दको दिन हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ वडा कार्यलयमा बिहानै प्रेसरकुकरमा बम फेला परेको छ । बम फेला परेपछि ठाउँका जनताहरुमा त्रसित बनेका छ्न । बन्दको कारण हेटौंडा आसपासमा लामो दुरिको सवारीसाधन चलेका छैनन् । बन्दको कारण कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द भएका छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :