बन्दको पूर्वसन्ध्यामा उपत्यकामा नेकपाको मसाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको वैशाख ५ गतेको नेपाल बन्दको पूर्व सन्ध्यामा उपत्यकाको विभिन्न ठाउँमा पनि मसाल जुलुस निकालेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौंले जिल्लाको नयाँ बजारमा मसाल जुलुस निकालेको छ । त्यस्तै नेकपा काठमाडौँले जिल्लाकै गोकर्णेश्वर नपामा पनि मसाल जुलुस निकालेको छ । त्यस्तै नेकपा भक्तपुरले जिल्लाको लोकन्थलीमा मसाल जुलुस निकालेको छ । त्यसैगरी उता नेकपा कपिलवस्तुले जिल्लाको दुई स्थानमा मसाल जूलूस निकालेको छ ।

मसाल जुलुसमा नेकपाका कार्यकर्ताहरुले नेकपा माथि लगाएको प्रतिबन्द खारेज गर !, पार्टीका स्थायी समिति सदस्य सुदर्शनलगायत नेताकार्यकर्ताहरुलाई रिहा गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! र भोलिको वैशाख ५ नेपाल बन्द सफल पारौँ जस्ता नाराहरु लगाएका थिए ।

उक्त कार्यक्रमपछि काठमाडाैँकाे गोकर्णेश्वर नपामा कोणसभामा बोल्दै नेकपाका नेताहरुले भनेका छन्, ‘आफ्नो लुटको स्वर्ग बचाउन जनताको बिचमा जनताबाटै अनुमोदित पार्टीलाई बदनाम गराएर अनि प्रतिबन्ध लगाएर खुलेआम हत्या, हिंसा, बलात्कार, कालोबजारी, गुण्डागर्दी अनि भ्रष्टाचार लादेर काण्डै काण्डको विचमा समृद्ध नेपाल र सुखि नेपालिको भ्रम छर्दै नेपालका जल, जङ्गल जमिन बेच्दै सिंहदरबार, बालुवाटार नीजि बनाउने दलालहरुले चलाएको राज्यसत्ता कदापी स्विकार्य हुनै सक्दैन ।’

२०७६ वैशाख ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :