नवलपुरस्थित विनोद चौधरीको उद्योगको गेटमै शक्तिशाली बम विस्फोट

फाइल तस्वीर

नवलपुर : नवलपुरको देवचुलि नगरपालिकास्थित दुम्कौलिमा रहेको विनोद चौधरीद्वारा सञ्चालित चौधरी ग्रुप अन्तर्राष्ट्रिय पार्क (चौधरी उद्योग ग्राम)को मुख्य प्रवेशद्वार नजिकै शक्तिशाली बम विस्फोट भएको छ । 

साझ ५ बजेतिरको समयमा गेटनजिकै ठूलो आवाज आयो, आवाज निकै शक्तिशाली थियो । विस्फोटले नजिकैको पर्खाल र वरिपरि क्षति गराएको छ । विस्फोट चौधरी उद्योग लक्षित भएको हुनसक्ने स्थानीयको भनाई छ । यसअगाडि पनि उद्योग लक्षित बिस्फोट भएको थियो ।

 भोलि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आयोजना गरेको छ, सो घटनालाई बन्दसग सम्बन्धित रहन सक्ने कतिपयको अनुमान छ । बिगतमा नेकपाले पटकपटक उद्योगको आन्तरिक गतिविधि मजदुरमाथी विभेदपुर्ण रहेको भन्दै विज्ञप्तिहरु निकाल्दै सच्याउन चेतावनी दिदै आएको थियो । सो घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षतिभने भएको छैन ।

२०७६ वैशाख ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :