नेपाल बन्दको पूर्व सन्ध्यामा नेकपा दाङको मसाल जुलुस

दाङ : एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्ष गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चरणबद्ध घोषित संघर्षको कार्यक्रम अन्तरगत भोलि वैशाख ५ गते नेपाल बन्दको पूर्व सन्ध्यामा बुधबार दाङको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा र गिरफ्तारी भएका पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)सहित सयौं नेताकार्यकर्तालाई बिनासर्त रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको भोलि (बिहिवार) एक दिन नेपाल बन्दलाई सफल पार्न मसाल जुलुस गरेको छ ।
दाङको शान्तिनगर, तुलसीपुर, लमही, घोराहीका विभिन्न ठाउँमा मसाल जुलुस गरेको नेकपाले जनाएको छ ।
यसैबिच नेपाल कम्युनिस्ट पार्टीले भोलिको एक दिने नेपाल बन्दलाई देशभर सफल पार्न सबैमा अपिल गरेको छ ।

 

२०७६ वैशाख ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :