बन्दको पूर्वसन्ध्यामा नेकपा झापाको मसाल जुलुस

 झापा : एकीकृत जनक्रान्तिको नारासहित वैज्ञानिक समाजवादको धारमा रहेर अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीले सरकारले गरेको सरकारले गरेको प्रतिबन्धबिरुद्ध वैशाख ५ गते नेपाल बन्द र ६ गतेदेखि प्रधानमन्त्री केपि वलि उपस्थिति रहने हरेक कार्यक्रममा प्रतिबन्ध र बन्दको कार्यक्रम घोषणा गरेको छ । यसैबिच पार्टीका महासचिव नेत्र बिक्रम चन्द “विप्लव“ले आह्वान गरेको कार्यक्रम अनुसार नेकपाले बन्दको पुर्व सन्ध्यामा देशभर मसाल जुलुस गरेको छ । 

नेकपाको पुर्वि कमान्ड अन्तर्गत झापाको १५ वटै निकायमा नेकपाका नेता कार्यकर्ताले नाराबाजी सहितको मसाल जुलुस गरेका छन् । झापाको मेचिनगर, भद्रपुर, दमक, विर्तामोड, बुद्दशान्ति, शनिश्चरेलगायतका विभिन्न क्षेत्रमा नेकपाले केपि वलि सरकारको तीव्र आलोचना गरेका छन् ।
मसाल जुलुसमा उपस्थित नेताकार्यकर्ताले केपि वलि – मुर्दावाद, गृहमन्त्री बादल – राजिनामा दे !, दलाल सरकार – मुर्दावाद !, दलाल संसदीय व्यवस्था – मुर्दावाद !, एकीकृत जनक्रान्ति – जिन्दावाद ! र वैज्ञानिक समाजवाद – जिन्दावाद !लगायतका नाराजुलुस गरेका थिए ।

आक्रोशित नेकपाका नेता कार्यकर्ताले मसाल जुलुस पश्चात् कोणशभा गर्दै दलाल राज्य सत्ताको अन्त्य र गरिब, मजदुर , सुकुम्बासीलगायत समस्त नेपाली जनताको भविष्य सुनिश्चित गर्नको लागि आफुहरु प्रतिबन्धको प्रतिकार गर्न तयार रहेको बताएका छन् । नेकपाका जिल्ला नेता सहित उपस्थित रहेको उक्त कार्यक्रममा उनिहरुले भोलिको नेपाल बन्द रहर नभएर नेपाली जनताको भाग्य र भविस्य सुनिश्चितताको लागि बाध्य भएको अवगत गराउँदै बन्द सफल गराउन समस्त झापाली जनसमुदायमा अपिल समेत गरेका छन् ।
त्यस्तै पुर्वका इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा पनि नेकपाका नेता कार्यकर्ताले बन्दको पुर्व सन्ध्यामा नारा सहितको मशाल जुलुस गरेका छन् ।

२०७६ वैशाख ४ गते बुधबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :