लण्डन अागाेलागिमा १२ जनाकाे मृत्यू

londonfiregetty

काठमाडौ/असार १,पश्चिमी लण्डनको २४ तले भवनमा लागेको आगोमा परि कम्तीमा पनि १२ जनाकाे मृत्यू भएको छ । प्रहरीले अझै  मृत्यू हुनेकाे संख्या बढ्न सक्ने बताएको छ । ७० भन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये १८ जना गम्भीर रहेको बीबीसीले जनाएको छ । उत्तरी केन्जींगटनको ग्रेनफेल टावरबाट अग्नि नियन्त्रकहरुले ६५ जनाको उद्धार गरेका छन् । प्रत्यक्षदर्शीहरुले मानिसहरु त्यहाँ फसिरहेको र कतिपयले ज्यान जोगाउने प्रयासमा झ्यालबाट हाम्फालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :