अन्तरक्रिया कार्यक्रम सम्पन्न

IMG_1161

भीमबहादुर खड्का, चितवन/असार १, जनअधिकार अभियान नेपालले भरतपुरमा मानवअधिकारको दृष्टिकोणबाट वर्तमान राजनीतिक परिस्थिति र जनचाहनाविषयक अन्तरक्रिया सम्पन्न गरेको छ । जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष अधिवक्ता एकराज भण्डारीको अध्यक्षतामा स्थित ग्लोबल होटेलको प्राङ्गणमा मङ्गलबार भएको उक्त कार्यक्रममा जनअधिकार अभियान नेपाल चितवन जिल्ला अध्यक्ष गङ्गा कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै अनेम सङ्घ (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष विष्णु कोइरालाले हिरासतभित्र प्रहरीले गरेको दुव्र्यवहारका विषयमा मार्मिक भोगाइहरू राख्दै राजनीतिक दलका नेताहरूलाई मानवअधिकारका बारेमा प्रश्न गर्नुभएको थियो ।

कार्यक्रममा एमालेका सांसद कृष्णभक्त पोखरेल, काङ्ग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल, माओवादी केन्द्र (माके का जिल्ला इन्चार्ज सूर्य सुवेदी, राप्रपाका बद्री तिमल्सिना, नेकपाका प्रतिनिधि लालबहादुर तामाङ, नेकपा (क्रान्तिकारी माओवादी) का अशोक शर्मा, मानव शान्ति समाजका सचिव राजेन्द्र पौडेल, बार एसोसिएसनका केन्द्रीय सदस्य इन्दु कोइराला, मानवअधिकारवादी संरक्षण मञ्चका अध्यक्ष महेश न्यौपाने, इन्सेकका प्रतिनिधि दीपेन्द्र अधिकारीले आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :