नेकपाका तीन नेता गिरफ्तार

suman r taraझापा/जेठ ३१, नेपाल कम्युनिस्ट पार्टीका ३ जना वरिष्ठ नेताहरु झापा गरामुनीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’, मेची ब्युरो सदस्य डिल्ली मैनाली र झापा सेक्रेटरी तारा थापा छन् । उनीहलाई बुधबार अपरान्ह गरामुनीस्थित मैनालीको निवासबाट पक्राउ गरिएको हो । मैनाली केही समयअघि मात्र नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार पद परित्याग गरि नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :