ओली सरकार कम्युनिस्ट होइन प्रतिक्रियावादी सरकार हो : किराती

काठमाडौँ : पुर्नगठीत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले केपी ओली सरकार कम्युनिस्ट सरकार नभई प्रतिक्रियावादी सरकार भएको बताएका छन् ।

ओली सरकार प्रतिक्रियावादी भएकै कारणले उसले विप्लव नेकपालाई प्रतिवन्ध लगाएर दमन गरेको भन्दैं यो सरकार चाँडै ढल्ने विश्लेषण गरे ।

क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलनलाई काठमाडौंमा संवोधन गर्दै किरातीले अहिलेको ओली सरकार चाँडै ढलाउनुपर्ने बताए ।

ओली सरकार ढलेर बन्ने नयाँ सरकारले मात्र विप्लव नेकपासँग वार्ताको वातावरण बन्न सक्ने भन्दैं ओली सरकारको विकल्प खोज्नुपर्ने बताए ।

२०७५ चैत २७ गते बुधबार प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :