मोहन वैद्यले दिए ओली–प्रचण्ड सरकारलाई चेतावनी

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले केपी प्रचण्ड सरकारले नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको बताउदै कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरु कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गरेका छन् ।चैत २४ गते आइतबार काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै वैद्यले वर्तमान सरकारले क्रान्तिकारी शक्तिमाथि प्रतिवन्ध लगाएर देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको लगाएका थिए ।

कम्युनिस्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को शसक्त क्रान्ति गर्नुको विकल्प नरहेको बैद्यले बताए । महासचिव वैद्यले वर्तमान सरकार शोषित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावीसमेत गरे । वैद्यले विप्लव नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले त्यस समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई सुझाव दिए । यसैगरी  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेलले ओली दाहाल गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी बिग्रेको अन्डाको संज्ञा दिदै यस्तो अण्डा सबै मिलेर मिल्काउनुपर्ने बेला आइसकेको बताएका छन् ।

नेता गजुरेलले प्रधानमन्त्री ओली प्रचण्डको सरकार निकै अलोकप्रीय भएको भन्दै प्रचण्ड र ओलीको समाजवाद भनेको शिक्षा स्वास्थ्य लगातयका क्षेत्रमा हुने माफियाकरण भएको बताए ।

यो देशमा यही व्यवस्था रहिरहे ओलीहरुले यसै गरी लुट मच्चाइरहने भन्दै गजुरेलले अहिले नामधारी कम्युनिस्टको सरकार भएकै कारण देशको अवस्था तहसनहस भएको बताए ।

नेता गजुरेलले भने ‘सरकारले मानव तस्करिलाई संस्थागत गरेको छ । सरकारले मानव तस्करिका लागि मन्त्री नै भर्ती गरेको छ। अहिलेको राज्यको अवस्था विकराल हुनुको जिम्मेवार ओली सरकार हो ।’

सरकारले सीके राउतसँग सहमति गरेर राष्ट्रघात गरेको उल्लेख गर्दै नेता गजुरेलले अर्को विजयको सन्नीकट पुगेको १० बर्षे नेपाली जनयुद्ध नेतृत्वले गद्दारी गरेकाले पराजित भएको उल्लेख गरे ।

२०७५ चैत २७ गते बुधबार प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :