झापामा नेकपाका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन गिरफ्तार

झापा : नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य होम खतिवडा र इलाम जिल्ला सचिब दिपनलाई चैत २० गते बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अवस्थामा सामाजिक दलाल केपीको सत्ताले बिना कारण गिरफ्तार गरेको खबर छ । गिरफ्तार पछि उहाँहरुलाई कहाँ लगेको कुनै जानकारी दिएको छैन । परिवारहरुको जानकारी अनुसार गैर न्यायीक तरिकाले घरभित्र छिरी अमानवीय ब्यवहार गरेको र विभिन्न हप्कीधप्की गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । उता इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठले पनि आफ्नो सचिव गिरफ्तार परेकोमा खेद ब्यक्त गरेका छन् । केपी बादल प्रशासनले गिरफ्तार गरेर आन्दोलन रोक्ने दुष्शाहस गरेको हो भने कुनै हालतमा त्यो सम्बभ नहुने र क्रान्ति कमजोर नहुने पनि बताएका छन् । सामाजिक दलालको पुच्छर बनेर नहौसिन पुलिस प्रशासनलाई अनुरोधसमेत गरेका छन् । यो बिदेशी दलालहरुसँगको लडाइँ भएको हुनाले भ्रष्ट, तस्करी र देशद्रोहीहरु डराउनु पर्ने भन्दै गिरफ्तार भएका नेताहरुलाई बिना सर्त रिहाइ गर्न जोरदार माग पनि गरेका छन् । यदि रिहाइ नगरे कडा संघर्षमा जाने र प्रतिवाद गरेर अघि बढ्ने बताएका छन् ।

२०७५ चैत २१ गते विहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :