प्रतिबन्धको प्रतिरोध गर्दै इलाममा नेकपाको संगठन बिस्तार


इलाम : चैत २० गते सुर्यदय नगरपालिकाको अज्ञात स्थलमा नेकपाको मेची ब्युरो अन्तरगत इलाम जिल्लामा सुर्यदय नगरपालिकामा प्रतिबन्धित पार्टी नेकपाको भातृ संगठन भटाभट निर्माण हुन थालेका छन् । भखरै पाएको जानकारी अनुसार राज्यले प्रतिबन्ध लगाए पनि पार्टीको जबस मोर्चा अन्तरगत दलित मुक्ति मोर्चाको गाउँ भेला सम्पन्न भएको छ । उक्त गाउँ भेलाबाट धनबहादुर कामीको अध्यक्षतामा ७ सदस्यीय कमिटी बिस्तार भएको छ भने त्यही भेलाबाट नेकपाका ५ जनाको सेल कमिटी पनि बिस्तार भएको छ । भेलामा बोल्दै धनबहादुर कामीले हामी संगठित भएर प्रतिबन्धको प्रतिरोध गरेको र अब आउने जस्तो सुकै परिस्थितिको सामाना गर्ने बताए अब दलितको समस्या हल गर्ने पार्टी भनेको नेकपा नै रहेको हुनाले एकीकृत जनक्रान्तिमा लाग्न सबैलाई अनुरोध गरेका छन् । कामीले अगाडि भने हामी हिजो देखि नै हतियार निर्माण गर्ने कामी भएकाले क्रान्तिकालागि घरेलु हतियार निर्माण गर्न पनि तयार भएको बताए । उक्त भेलामा इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठ र एक सहयोगीको उपस्तिथि रहेको थियो । जिल्ला इन्चार्ज सर्व श्रेष्ठले भेलालाई प्रशिक्षण दिँदै धरपकड र दमनले पार्टी कमजोर नहुने बरु झन् बलियो बन्दै जाने र सामाजिक दलालको पत्तासाप गर्ने बताउनु भयो । श्रेष्ठले अगाडि भन्दै इलामलका रत्न बान्तवाहरुको रगतको होली खेल्दै बस्ने दलालहरुलाई राणाहरुले प्रतिबन्ध लगाएको कुरा सम्झन अनुरोध गर्नुभयो र भन्नुभयो अब तिमीले लगाएको प्रतिबन्धले केही माखो नमार्ने बरु आन्दोलन झन् बलियो हुँदै जाने बताउनु भयो ।

२०७५ चैत २० गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :