मसालद्वारा गिरफ्तारीको विरोध

MB singh

काठमाडौं/जेठ ३१, चुनाव खारेजी अभियानको क्रममा शान्तिपूर्ण कार्यक्रम गरिरहेका, पार्टीको नियमित कार्यक्रम, बैठक बसिरहेका, घरमा बसिरहेका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएकोमा नेकपा (मसाल) ले विरोध गरेको छ । ‘नेकपालाई पनि संविधानले दिएको अधिकार प्रयोग गर्ने हक छ’ उसले भनेको छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीद्वारा जेठ ३० गते जारी विज्ञप्तिमा सो धाराणा सार्वजनिक गर्नु भएको हो । वक्ततव्यमा राजनीतिक कार्यक्रमहरु माथि प्रतिबन्ध लगाउने, पक्राउ गर्ने कार्य निन्दनिय भएकोसमेत बताएको छ । भारत परस्त दलहरुको स्वार्थमा काम गरिरहेको देउवा सरकारको जनविरोधी हर्कतलाई राजमोले विस्तारवादको दलाली भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :