नेकपा कास्कीका जिल्ला नेता गुरुङ गिरफ्तार

कास्की : नेकपाका कास्कीको जिल्लास्तरीय एक नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । सो पार्टीका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरेको हो । 

प्रहरीले गत हप्ता सोही पार्टीका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ गरेको थियो । 

सरकारले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सो समूहका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७५ चैत १७ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :