नेकपाका स्याङ्जा सेक्रेटरी गोकुलसहित २ जना गिरफ्तार


स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टीका दुई नेता गिरफ्तार परेका छन् । मोटरसाइकलमा हिन्दै गरेको अवस्थामा स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भनिने गोविन्द ओली पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १३ स्थित छहरीखोलामा पक्राउ गरेको नेकपाले जनाएको छ । 

दुवै जनालाई राज्य विरूद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार अदालतबाट तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

२०७५ चैत १७ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :