राज्यको धडपकडप्रति चितवन जिल्लाको कडा आपत्ति


चितवन : चैत्र १६ गते नेपाल कम्युनिस्ट पार्टी चितवनका नेता तथा कार्यकतालाई संकटकालको झझल्को दिने गरी केपी बादल गृह प्रसाशनले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा राजकुमार तिमिल्सीना, जयबहादुरकुवँर, बीरबहादुरतामाङ, गुणराज श्रेष्ठ, यातायात व्यावसायी मित्र केसी, विद्यार्थी नेता बिक्रम न्यौपाने र रणदिपलाई गिरफ्तार गरेको चितवन जिल्ला इन्चार्ज र सेक्रेटरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुलाई चितवनको जिप्रकामा राखिएको छ । दलालहरुको अवैध गर्भाधान र केपी प्रचण्डको अनिच्छित घृणित प्रेमबाट पैदा भएको केपी सरकार जनताबाट तिरष्कृत भई असफलता र संकटमा परिरहेको बेला आफ्नो असफलता, असक्षमता र खुस्केको धोती ढाकछोप गर्न नेकपामाथि दमन गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

२०७५ साल फागुन २८ गते भरतपुर महानगरपालिका कैलासनगर स्थित ५ नं वडा कार्यालयमा भएको घटना नेकपाले गरेको आरोपलाई नेकपाले आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको छ । अरु कसैबाट घटाएको घटनासँग जोडेर झुठो मुद्धा लगाई हिरासतमा राख्नु यो राज्यको लाचारी गैरन्यायिक कदम भनिएको छ । दलाल समाजिक फाँसीवादी सरकारको “हरुवा गोरुको छेरुवा हँुक्कार”ले नेकपाको आन्दोलनलाई कुनै असर नपार्ने विज्ञप्तिमा भनिएको छ । विगतको पञ्चायती व्यावस्था र जनयुद्धमा राज्यले लगाएको संकटकाल झै नेकपाका नेता तथा कार्यकर्तामाथि दमन धरकपड र खानतलासी तिब्र बनाएकोप्रति कडा विरोध गरिएको छ र तुरुन्त झुठ्ठा मुद्धा खारेज गरी निर्दोष सबैलाई रिहाईको माग गरेको छ । विज्ञप्तिको पूर्णपाठ….

२०७५ चैत १६ गते शनिबार प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :