कपिलवस्तुमा व्यापक प्रहरी सर्च अप्रेसन

 कपिलवस्तु : कपिलवस्तुमा ब्यापक रूपमा प्रहरीले सर्च अप्रेसन चलाएको छ । जिल्लाको शिवगढी नगरपालिका ९ स्थित गाउँगाउँमा करिब ३ सय भन्दा प्रहरीलले अप्रेसन चलाइरहेको जानकारी त्यहाँका स्थानीयले दिएको छ ।

उक्त नगरपालिका स्थित  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” को गाउँगाउँमा सर्च अप्रेसन पनि अहिले चलाइरहेको खबर छ ।

यस भन्दा पहिले महासचिव विप्लवको गाउँमा सर्च अप्रेसन चलाएको थियो । अप्रेसन गरि नेकपाका समर्थकलाई घरबाट गिरफ्तार गरि प्रहरीले ब्यारेकमा पुर्यएर जङ्गलमा लगि गोलि हानेको थियो । उक्त अप्रेसनमा स्थानीय जनताले व्यापक रूपमा प्रतिरोध गरेको थियो ।

स्मरणीय छ कि यो प्रतिरोध अहिले पनि हुन सक्ने स्थानीय एक जनताको बिश्लेशण छ ।

२०७५ चैत १६ गते शनिबार प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :