केपी-बादल प्रशासनद्वारा नेकपाको पार्टी कार्यालयमा तोडफोड


बुटवल : नेपाल कम्युनिस्ट पार्टीको रुपन्देही जिल्ला पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा डोजर लगाएर भत्काईएको छ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा केही दिन अगाडि नै ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।

बिगत १३ बर्षदेखि ‘रातो घर’ पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो । तत्कालीन नेकपा (माओवादी) कै बेलादेखि सो भवन पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो । हाल नेकपाकाे कार्यालय रहेकाे थियाे । यसबारे नेकपाका जिल्ला इन्चार्जले खेद व्यक्त गर्दै आफ्नो पार्टीलाई गम्भीर र आक्रोसित बनाएको बताउनु भएकाे छ।

२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :