नेकपाका जिल्ला नेतामाथि प्रहरीको आक्रमण

 

मोरङ : नेपाल कम्युनिस्ट पार्टीका एक जिल्ला नेतामाथि प्रहरीले आक्रमण गरेको छ । आक्रमणबाट नेकपाका मोरङ सेक्रेटरी नवराज भट्टराई गम्भीर घाइते भएको समाचार प्राप्त  भएको छ । स्रोतले  बताएअनुसार जिल्ला नेता भट्टराई मोटरसाइकिलमा सवार भइरहेको बेला प्रहरीको भ्यानले पछाडिमा आक्रमण  गरेको हो । अहिले उनलाई मोरङमा रहेको अस्पतालहरूमा उपचार हुन नसकेपछि विपी मेमोरियल अस्पताल धरानमा लाँदै गरेको खबर प्राप्त भएको छ ।

२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :