राप्ती बन्द सफल

IMG_20170613_071434

जानकी दहित/दाङ: ३० जेठ, नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको मंगलबारको राप्ती क्षेत्र बन्द पूर्ण रूपमा सफल भएको छ ।  राप्ती अञ्चलका दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुमलगायत जिल्लामा यातायात, शिक्षण संस्था, कलकारखाना, बजार, उद्योग ठप्प रह्यो । बन्द अवधीभर लामो तथा छोटो दूरीका साधन बन्द भएपछि मानिसहरूको चहलपहल पनि कम रहेको थियो । यसैबिच दाङ र रोल्पामा बन्द उलंघन गरेको भन्दै बन्दकर्ताले पाँचवटा सवारी साधनमा तोडफोड गरेका छन् ।  दाङको देउखुरीमा अटेर गरेको भन्दै मंगलबार बिहानै चारवटा वाहनमा बन्दकर्ताले तोडफोड गरेका छन् भने रोल्पामा एउटा ट्याक्टर तोडफोड भएको छ । गिरफ्तार गरिएका पार्टीका नेता तथा कार्यकर्तालाई लगाएको झुठा मुद्दा फिर्ता गरी रिहा गर्न मागसहित गरिएको बन्द राप्ती भरी सफल रहेको नेकपा राप्ती ब्यूरोले जनाएको छ ।  सरकारले बैठक बसिरहेका बेला गत हप्ता प्यूठानको तिरामबाट केन्द्रीय सदस्यद्वय केशबहादुर बाठा र चन्द्रबहादुर खड्कासहित १२ जनालाई बिनाकारण गिरफ्तार गरेको थियो । चन्दलाई तारेखमा छाडिए पनि ११ जनालाई १० दिनको म्याद थपेर थुनामा राखिएको छ । यस्तै दाङमा चार जनालाई, रोल्पामा चौंध जनालाई गैरन्यायिक रुपमा थुनामा राखिएका सबैलाई बिनासर्त रिहाईको माग गर्दै नेकपा राप्ती ब्यूरोले बन्दको घोषणा गरेको हो । बन्दकर्ताको मागबारे सरकारले अहिलेसम्म कुनै प्रकारको चासाे देखाएको छैन । 

kiran

यसैबीच नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष किरणले नेकपाका नेता–कार्यकर्तालाई चुनाव बहिस्कार गरेको भरमा विनाकारण थुनछेप तथा झुठ्ठा मुद्दामा फसाइएको भन्दै त्यसका विरुद्ध विज्ञप्तिमा जारी गर्नु भएकोमा नेकपाका महासचिव विप्लवले क. किरण र सो पार्टी प्रति आभार व्यक्त गर्नुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :