नेकपा २ नेता गिरफ्तार

Arjun-dilip-1
काठमाडौं/जेठ ३०, नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्लाका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा जिल्ला सचिवालय सदस्यद्वय अर्जुनप्रसाद चौलागाँई र दिलिप स्याङतानलाई सोमबार राती घरबाट बिनाकारण गिरफ्तार गरेको जिल्ला पार्टी मकवानपुरले जारी गरेको प्रेस विज्ञिप्तमा उल्लेख छ । चौलागाई जिल्ला शिक्षक संगठनका अध्यक्षसमेत हुन् । जिल्ला पार्टी मकवानपुरका इन्चार्ज ज्वाला र सेक्रेटरी वाटरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले चौलागाई र लामालाई अपरहण शैलीमा मध्यरातमा सुतिरहेको अवस्थामा जबर्जस्त उठाएर लगेको बताएका छन् । भ्रष्टाचार, घुसखोरी, सामाजिक विकृति र अन्यायविरुद्ध संघर्ष गर्दै आइरहेको पार्टीका नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्नुले सरकारले दलाली र तानाशाही चरित्र उदांगो भएको जनाउँदै स्थानीय चुनावलाई जनविरोधी र कथितको संज्ञा दिइएको छ । साथै, गिरफ्तार गरिएका दुवैलाई बिनासर्त यथाशिघ्र रिहाइ गर्न माग गरिएको छ ।
विज्ञप्ति सहित

CPN makwanpur

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :