नेकपाका १७ कार्यकर्ता रिहा लगत्तै पुनः ३ जना गिरफ्तार

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टीका १७ कार्यकर्तालाई जिल्ला अदालतकाे आदेशमा रिहा भएलगत्तै पुनः ३ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको छ । 

न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६र६ हजार धरौटीमा रिहा लगत्तै रन्जित, सौगात र अजय अदालतबाटै पुनः गिरफ्तार परेका छन् ।
अभियानको क्रममा काभ्रे, दोलखा, जाजरकोटलगायतका जिल्ला पुगेर कार्कीटार आइपुगेका थिए । खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो ।

२०७५ चैत १४ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :