दमन गर्नेलाई छोडिन्न : नेकपा मेची ब्युरो

झापा : नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो कार्यालयले विज्ञप्ति जारी गर्दै इलाम जिल्लाका प्रजिअ र एसपीले आफ्नो दमनकारी गतिविधि नबदले बिसौँ वर्षपछि भए पनि नछोड्ने चेतावनी दिएको छ । 

आफ्नो पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानकै क्रममा जनतासँग छलफल, अन्तक्र्रिया र भेटघाट गरिरहँदा दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ स्थित फुङ्नाम गाउँमा हतियारधारी प्रहरी आएर जनतालाई अनावश्यक रुपमा धम्की र त्रास सिर्जना गरी जनताको कन्चटमा पेस्तोल ताक्ने काम गर्नुका साथै महिलालाई अपशब्द र गालीगलौज गरी अभियन्ताहरुले पार्किङ गरेर राखेको मे ७ प ६१० नम्बरको होन्डा साइन, को ४ प ७२३ नम्बरको बजाज पल्सर र को ८ प १४५६ नम्बर को यामाहा बाइक लुटपाट गरी लगेपछि नेकपा मेची ब्युरो आक्रोशित बनेको हो ।

मेची ब्युरो कार्यालयका तर्फबाट नेकपा मेची ब्युरो कार्यलय सदस्य ताराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त लुटेरा समूहलाई त्यसरी लुटपाट मच्चाउन आदेश दिने प्रजिअ र प्रहरी प्रमुखको हर्कतको निन्दा र भत्र्सना गर्दै लुटपाट गरिएका सवारीसाधन तुरुन्त फिर्ता गर्न माग गरिन्छ । यसरी नै प्रहरीहरु जनतामाथि जाइलाग्ने हो भने जनताका तर्फबाट गतिलो प्रतिरोध गरेर जबाफ दिइनेछ ।’
२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :