ओली सरकारलाई पुलिस–सेनाले साथ दिनेछैन : बस्न्यात, पूर्वजर्नेल


काठमाडौँ : नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले विप्लव नेकपासँगको लडाइँमा केपी वली सरकारले हार्ने विश्लेषण गर्दै अब देशमा लडाइँ भए त्यो लडाइँमा नेपाली सेना र प्रहरीहरूले साथ नदिने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजाको समयमा भएको जस्तो नेपाली सेना नभएको दाबी गरे ।

वली देशको प्रधानमन्त्री बन्न सक्ने हैसियतको मान्छे नभएको भन्दै डा. बस्न्यातले आफ्नो हैसियतअनुसार काम गर्न वलीलाई अनुरोध पनि गरे । 

सीके राउतजस्तो विखण्डनकारीलाई फूलमाला लगाएर गरेको स्वागत राष्ट्रका लागि दुर्भाग्य भएको पूर्वजर्नेल बस्न्यातको भनाइ छ ।

अब देशमा द्वन्द्व भए त्यो द्वन्द्वमा नेपाली सेना र प्रहरी लड्ने मुडमा नभएको डा. बस्न्यातको जिकिर छ ।

२०७५ चैत १२ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :