नेकपा नवलपरासीका इन्चार्ज सुमनसहित दुई गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्ला इन्चार्ज गंगा ज्ञवाली (सुमन) र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया छन् । दुवैजनालाई सोमबार बेलुका गिरफ्तार गरिएको हो ।
बर्दघाट नगरपालिका ४ घर भएका ज्ञवाली परिवारलाई भेट्न आउने क्रममा राती ८ बजे घरनजिकैबाट पक्राउ परेका हुन् ।

 पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ । त्यसैगरी पूर्वी नवलपरासी कावासोती नगरपालिका १५ शेरगन्जका मर्दनियालाई घरबाटै पक्राउ गरिएको हो । उनलाई नवलपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मर्दनिया सेन्टपोल बोर्डिङ स्कुल गोछडाका शिक्षकसमेत भएको बताइएको छ ।

यसैगरी यता काठमाडौँबाट दलित मुक्ति मोर्चा नेपाल काठमाडौँका अध्यक्ष पदम रसाइलीलाई पनि प्रहरीले गिरफ्तार गरेको मोर्चाले जनाएको छ । 

२०७५ चैत १२ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :