किसान महासङ्घ (क्रान्तिकारी) का संयोजक कार्की र युवा नेता खतिवडा पुनः गिरफ्तार

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय संयोजक राजु कार्की र पूर्वविद्यार्थी नेता केदार खतिवडालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

कार्कीलाई सोमबार र खतिवडालाई आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आठ–आठ हजार धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको समाचार प्राप्त भएको हो ।

ने.क.पा.का नेतासमेत रहेका कार्कीलाई गत फागुन २१ गते राजधानीको सामाखुसीस्थित डेराबाट सादा पोसाकका प्रहरीको टोलीले गिरफ्तार गरेको थियो ।

संयोजक कार्की यसअघि पटकपटक गिरफ्तार पर्दै र रिहा हुँदै आएका थिए । महासङ्घ ने.क.पा. निकट किसानहरूको सङ्गठन हो । नेकपाका ब्युरो सदस्यसमेत रहेका खतिवडालाई प्रहरीले गत फागुन २२ गते काठमाडौँको दरबारमार्गबाट गिरफ्तार गरेको थियो ।

२०७५ चैत ११ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :