पढाउँदापढाउँदै यादव गिरफ्तार

सप्तरी : शिक्षक तेजनारायण यादवलाई प्रहरीले सोमबार राजविराजबाट गिरफ्तार गरेको छ । विद्यालयमा अध्यापन गरिरहेका यादवलाई प्रहरीले गिरफ्तार गरेको हो ।

सप्तरी छिन्नमस्ता २ का शिक्षक यादवलाई पढाउँदापढाउँदै गिरफ्तार गरेको भन्दै नेकपा सप्तरीका इन्चार्ज हिमालले विरोध गरेका छन् । उनले जारी गरेको वक्तव्यमा शिक्षक यादव नेकपा सप्तरीका सदस्यसमेत रहेको उल्लेख छ । यादवलाई तत्काल रिहा गर्न र अन्यथा प्रतिरोधको सामना गर्न उनले सरकारलाई चेतावनी पनि दिएका छन् ।

यसैबीच प्रहरीले सोमबारै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सप्तरीकी संयोजक लछवनावती रामलाई पनि गिरफ्तार गरेको छ । उनलाई सप्तरीको खडक नगरपालिका वडा नं ५ बाट गिरफ्तार गरिएको जानकारी नेकपा सप्तरीका इन्चार्ज हिमालले दिएका छन् । उनले रामलाई पनि तत्काल बिनासर्त रिहा गर्न माग गर्दै रिहा नगरिए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

२०७५ चैत ११ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :