दबाउँदै सरकार, आकार बढाउँदै विप्लव / मन्त्री मगरको क्षेत्रबाट १२० भन्दा बढी विप्लवमा प्रवेश !

कञ्चनपुर : कञ्चनपुरमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी छाडेर विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरूको लर्को लागेको छ । सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाए पनि कञ्चनपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर विभिन्न ठाउँबाट १२० भन्दा बढी विप्लव नेकपामा प्रवेश गरेका सङ्गठन सुदृढीकरण अभियानका इन्चार्ज जीवन नेपालीले बताएका छन् ।

नेता नेपालीले भने, ‘सरकारले नेकपामाथि दमनको नीति अख्तियार गरे पनि हामी जनताको बीचमा आफ्नो अभियान निरन्तर चलाएका छौँ । सरकारले युद्ध चाहे पनि हामी युद्ध चाहँदैनौँ । हामी सरकारका कर्तुत जनताको बीचमा लिइरहेका छाैँ । कुनै पनि जनता सरकारसँग सन्तुष्ट छैन । सरकारले काम गर्न नसकेपछि हाम्रो पार्टीमा जनताले उत्साहका साथ प्रवेश गर्ने क्रम बढेको छ ।’

उनले भने, ‘एकातर्फ सरकारले विप्लवका कार्यकर्तामाथि कडा निगरानी राखेको बताए पनि कञ्चनपुरमा भने विप्लव नेतृत्वको नेकपाले आक्रामक रूपमा सङ्गठन विस्तार गरिरहेको छ । सरकारले विप्लवलाई रोक्न उसका कार्यकर्ताको घुँडामुनि गोली हान्न सुरक्षा निकायलाई आदेश दिए पनि गाउँगाउँमा उसले सङ्गठन विस्तार गरिरहेको छ । सरकारले विप्लवलाई जति दबाउन खोज्यो उसले त्यति नै आक्रामक आफ्ना गतिविधि तथा सङ्गठन विस्तार गरिरहेको कञ्चनपुरमा विप्लवको पार्टीमा प्रवेश गर्नेहरूको लर्कोबाट पनि बुझ्न सकिन्छ ।’

उक्त पार्टीमा प्रवेश गर्नेहरूको नामावली यसप्रकार छ :
कस्तुरा डंगोरा, मोतीलाल ठगुन्ना, थारू लोहोरा, लालकुमारी चौधरी, दीपादेवी चौधरी, आशादेवी चौधरी, सरस्वती चौधरी, रूपादेवी चौधरी, लक्ष्मी डडौरा, राधादेवी चौधरी, बुहिराम थारू, मोतीलाल खुना, आशाराम थारू, लालमन चौधरी, प्रकाश डंगोरा, राधा चौधरी, लक्ष्मी डंगोरा, सीता चौधरी, कुस्मिता चौधरी, धनमती लुहार, पशुपति चौधरी, वद्रीचरण चौधरी, मनीष चौधरी, दिलबहादुर विक, हीरासिंह भण्डारी, रामप्रसाद जोशी, पञ्चा चौधरी, जहरसिंह भट्ट, धीरसिंह राना, चिरविर चुनारा, झमक ओड, गणेश तिरुवा, देवी राना, दीपक सार्की, जगतराम चौधरी, गोपाल तिरुवा, दिनेश चौधरी, शेरबहादुर लावड, महना तिरुवा, जानकी जैसी, कमला विक, मानबहादुर भण्डारी, धनबहादुर विष्ट, इन्द्रदेवी तिरुवा, हजारी तिरुवा, धनबहादुर बिष्ट, टेकबहादुर बिक, कष्ण हमाल्र ।

यसैगरी पुनर्वास नगरपालिका २ बाट दहलमान लोहार, रमेश घिसिङ, गणेश लामा, जनक तामाङ, जनक विक, दीपक एसके, प्रताप दमाई, मोहन सिजापति, चक्रबहादुर विक, कृष्ण नेपाली, रमेश विक, अमर विक, शंकर नेपाली, हरिलाल दमाई, किशन बोहोरा, हरि खड्का, ईश्वर रोकाया, कृष्ण नेपाली, प्रेम विक, लालबहादुर विक, सुरेश आकरी नेकपामा प्रवेश गरेका छन् ।

यस्तै बेलौरीमा खड्क नेपाली, जगदीश नेपाली, दानबहादुर विक, सुनील दमाई, जानकी भट्ट, गणेश जैसी, जीवन बोहोरा, कृष्ण नेपाली, विष्णु जैसी, कलभी राना, हिक्मत कुँवर, गणेश चौधरी नेकपामा प्रवेश गरेका छन् भने बेलौरी १० मा गोविन्द चौधरी, गोविन्द राना, मानमति राना र शङ्कर लुहार प्र्रवेश गरेका छन् ।

शुक्लाफँटा वडा नं. ४ मा केशव डडौरा, सुशीला चौधरी, मोतीलाल चौधरी, लक्ष्मीदेवी राना, बहादुर भण्डारी, वीरसिंह खुना, छेदका खुना र सेर्त खुना, लालझाडी ४ मा ओमप्रकाश राना, गणेश राना, भाइजान राना, कल्लु राना, भक्त राना, भीम राना, बिन्दा राना, लालझाडी ५ शान्ति सार्की, दिलबहादुर भाट, गणेश ऐर, जगदीशराम लुहार, खेमराज नेपाली, पुनर्वास नगरपालिका ३ मा गगन विक, देवराज गिरी, प्रज्वल, दीपक तामाङ, सुनिल नोली, दानबहादुर विक, जयराज नेपाली, कृतबहादुर बिष्ट, सागर नेपाली, धना विक, कौशिला विक, सरिता सार्की, हर्क दमाई, जसु नेपाली, कल्पना विक, कल्पना दमाई र पशुपति सिजापति सत्तारूढ पार्टी परित्याग गरी नेकपामा प्र्रवेश गरेको समाचारमा उल्लेख छ ।

२०७५ चैत ४ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :