प्रतिबन्ध र धरपकडका बीच अभियान २ सम्पन्न : अनिल  विरही

काठमाडौँ : सरकारले नेकपामाथि प्रतिबन्ध र नियन्त्रणमा लिएर दमन गरे पनि पार्टीले देशैभरि सङ्गठन सुदृढीकरण र विस्तार अभियान तोकिएकै समयमा सम्पन्न भएको नेकपाका पोलिटब्युरो सदस्य अनिल विरहीले बताएका छन् ।

देशभर सयभन्दा बढी समूह निर्माण गरी यसले जनताको बीचमा जाने, सङ्गठन निर्माण गर्ने कार्य भव्य रूपले सम्पन्न भएको र प्रायः ब्युरोहरूमा समीक्षासमेत भइसकेको उनले बताए ।

माघ १ गतेदेखि देशभर एकसाथ चलेको अभियान सामाजिक फासिवादी सरकारको हस्तक्षेप, घेराबन्दी, धरपकड, नेता–कार्यकर्ताहरूको गिराफ्तारी, जनताको घरघरमा खानतलासी गर्नेजस्ता षड्यन्त्रका बीच पार्टीले प्रभावकारी ढङ्गले सम्पन्न गरेको उनले बताए ।

सबैजसो पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यको नेतृत्वमा चलेको अभियानमा सयौँ जनसङ्गठन निर्माण, जनवर्गीय सङ्गठनहरूको विस्तार, जनभेला, कोणसभा र सभाहरू गरिनुका साथै जनश्रमसहित जनतासगँको सम्बन्ध थप प्रगाढ भएको नेताहरूले बताए ।

देशीविदेशी शक्तिकेन्द्र र दलालहरूको उक्साहटमा प्रतिबन्ध लगाइएको भन्दै नेताहरूले उक्त प्रतिबन्धले पार्टीलाई थप सुढृढ र शक्तिशाली बनाउने दाबी गरेका छन् । प्रतिबन्धसँगै सरकारले सुरक्षा निकाय परिचालन गरेर देशैभर नेकपाका नेता–कार्यकर्ता पक्रिने र हातहतियार, बम विस्फोट, राजद्रोहजस्ता मुद्दा लगाएर लामो समय जेलमा राख्ने नीति लिएको देखिन्छ ।

२०७५ चैत ४ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :