कसैको हत्या गर्ने योजना छैन : नेकपा

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको बताएको छ । उक्त पार्टीको कार्यालयबाट प्राप्त जानकारीअनुसार आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको, एक कार्यक्रममा प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छेसमेत खटाएको भनी सार्वजनिक रूपमा बोलेको कुरा भत्र्सनायोग्य र सफेद झूट भएको जनाइएको छ ।

उक्त पार्टीले भनेको छ, ‘पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन् । यो कुरामा कुरामा कत्ति पनि सत्यता रहेको छैन । जनता र राष्ट्रका पक्षमा सङ्घर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन् ।’

नेकपाले भनेको छ, ‘देशलाई युद्धमा धकेलेर जनतामा त्रास फैलाई तर मार्ने देशीविदेशी प्रतिक्रियावादीको घिनलाग्दो खेल सुरु भएको छ । यसलाई सबै देशभक्त, सच्चा लोकतन्त्रवादीहरूले मौकामा भण्डाफोर गर्नु पर्दछ ।’

नेकपाले भनेको छ्र, ‘बरु प्रचण्ड नै यसरी व्यक्तिहत्याका कुरा गर्दथे । अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइराख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन् ।’

नेकपाले भनेको छ, ‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फासिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ । यो कम्पनीले युद्ध लाद्न खोजिरहेको छ । यसैको एउटा हथकण्डा हत्याको प्रचार हो ।’

२०७५ चैत ४ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :