नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

सशस्त्र सङ्घर्षसम्बन्धी दृष्टिकोण

सशस्त्र सङ्घर्ष राजनीतिक सङ्घर्षको उच्चतम अभिव्यक्ति हो । कम्युनिस्टहरूले पहल र सञ्चालन गर्ने सशस्त्र सङ्घर्ष वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको उच्चतम् अभिव्यक्ति हो । मालेमावादी दृष्टिकोणमा राजनीतिक क्रान्ति उत्कर्ष पुग्दै गर्दा त्यसले सशस्त्र सङ्घर्षको चरित्र ग्रहण गर्दछ । यो कुनै विद्रोही शक्तिको कारणले नभई पुरानो सत्ताले सञ्चालन गर्ने हिंसात्मक दमनका कारणले पैदा हुन्छ । राज्यको सशस्त्र दमनको अवरोधलाई तोडेर जनतालाई विजयी बनाउन सशस्त्र सङ्घर्ष व्यक्तिको इच्छाभन्दा स्वतन्त्र वस्तुगत आवश्यकता बन्न पुग्छ । जनयुद्धको अवधिसम्म क्रान्तिको यो चरित्रबारे प्रचण्ड–बाबुरामले प्रस्ट दृष्टिकोण प्रस्तुत गरेका थिए । उनीहरूले सशस्त्र सङ्घर्षमा यतिसम्म जोड दिएका थिए कि जसले सशस्त्र सङ्घर्ष मान्दैन, त्यो कम्युनिस्ट नै हुन सक्दैन । राज्यसत्ता परिवर्तनमा सशस्त्र सङ्घर्षको महŒवबारे माक्र्स–एङ्गेल्सले सुव्यवस्थित धारणाको निर्माण गर्नुभयो । यस सन्दर्भमा माक्र्सले, “हामीले आधुनिक समाजभित्र कमबेसी छद्म रूपमा रहेको गृहयुद्धलाई त्यो स्थानसम्म हेर्दै गयौँ जहाँ त्यो खुलमखुल्ला क्रान्तिमा परिणत हुन्छ र सर्वहारावर्गले बल– प्रयोगद्वारा बुर्जुवावर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्दछ”, (माक्र्स–एङ्गेल्स सङ्कलित रचनाहरू, पृ. ६०) भन्नुभयो । तर १९ औँ शताब्दीको अन्त्यमा संशोधनवादका पिता बर्नस्टिनले माक्र्स–एङ्गेल्सको विचारमा संशोधन गर्दै बल–प्रयोगको सट्टा शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अगाडि सारे । त्यसले सर्वहारा आन्दोलनमा ठूलो भ्रम सिर्जना ग¥यो । केही देशका मजदुर सङ्गठनहरूले बर्नस्टिनवादको अनुशरण गर्ने र पुँजीपतिवर्गसँग मिलेर स्वयम् मजदुरवर्गमाथि दमन गर्ने अक्षम्य अपराधसमेत गरे । त्यसलाई सशक्त प्रकारले खण्डन गर्ने काम लेनिनले गर्नुभयो । उहाँले वैज्ञानिक समाजवादी क्रान्तिमा संशोधनवादको विषाक्त प्रभावलाई सशक्त प्रकारले चिरिदिनुभयो । त्यसक्रममा लेनिनले, “सशस्त्र क्रान्तिबेगर सर्वहारा राज्यद्वारा पुँजीवादी राज्यलाई स्थानापन्न गर्न सकिँदैन । सर्वहारा राज्यको उन्मूलन अर्थात् जुनसुकै राज्यको पनि उन्मूलनचाहिँ विलोपको मार्गबाट सिवाय अरू कुनै किसिमले पनि असम्भव छ”, (राज्य र क्रान्ति, लेनिन, वर्ग–विभाजित समाज र राज्य, पृ. २३) भन्नुभयो । सोही विचारअनुरूप नै लेनिन–स्टालिनले रुसमा अक्टोबर क्रान्ति सम्पन्न गर्नुभयो र महान् समाजवादी देशको स्थापना गर्नुभयो । त्यसपछि सशस्त्र सङ्घर्षलाई कम्युनिस्टहरूले विश्वभरि सर्वस्वीकार्य रूपमा प्रयोग गरे । माओले, “मजदुर आन्दोलनको समग्र इतिहासले के बताउँछ भने सशस्त्र सङ्घर्षलाई सर्वहाराक्रान्तिको सार्वभौमिक नियम मान्नु वा नमान्नु, पुरानो राज्ययन्त्रलाई चकनाचुर पार्नुपर्ने आवश्यकता स्वीकार गर्नु वा नगर्नु तथा पुँजीवादी अधिनायकत्वको ठाउँमा सर्वहारा अधिनायकत्व स्थापित गर्नुपर्ने आवश्यकता मान्नु वा नमान्नु सधैँँ माक्र्सवाद–लेनिनवाद तथा अवसरवादका सबै रूपहरू बीचको विभाजन–रेखा हो”, (माओ सङ्कलित रचनाहरू, भाग ५, चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको दोस्रो पूर्ण अधिवेशनमा दिइएको भाषण, १५ नोभेम्बर सन् १९५६, पृ. २७४) भन्नुभयो । उहाँको यही दृष्टिकोणका आधारमा नै चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । स्टालिनको निधनपछि खु्रश्चोभी संशोधनवादले पुनः ‘शान्तिपूर्ण सङ्क्रमण’ को नीति आगडि ल्यायो । उसले पुरानै संशोधनवादी बर्नस्टिनको विचारलाई नयाँ रूपमा अगाडि सार्दै पुँजीवादबाट समाजवादमा शान्तिपूर्ण रूपले सङ्क्रमण हुन सक्ने तर्क ग¥यो । त्यसलाई जोडदार रूपले प्रतिवाद गर्दै माओले “सशस्त्रबलद्वारा राज्यसत्ता कब्जा गर्नु, युद्धद्वारा समस्या सुल्झाउनु क्रान्तिको केन्द्रीय कार्य एवम् उच्चतम् रूप हो । क्रान्तिको यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त चीनलगायत अन्य सबै देशहरूमा समान रूपले लागू हुन्छ” भन्नुभयो । माओकै सङ्घर्षका कारण खु्रश्चोभी संशोधनवाद पर्दाफास हुन पुग्यो ।

नेपालका कम्युनिस्टहरूबीचमा क्रान्तिको चरित्र सशस्त्र या निःशस्त्र के हुनुपर्छ भन्ने बहस लामो समय चल्यो । तेस्रो महाधिवेशन वरिपरिसम्म पार्टीमा सशस्त्र सङ्घर्ष गर्नुहुँदैन भन्ने विचार हाबी हुन पुग्यो । खासगरी मनमोहन अधिकारी, केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्यहरूले संशोधनवादी लाइन समातेर कम्युनिस्ट आन्दोलनलाई सङ्कटमा पार्ने कार्य गरेका थिए । झापा विद्रोहद्वारा यो प्रवृत्तिलाई समाधान गर्ने जमर्को गरिएको थियो तर सशस्त्र सङ्घर्षसम्बन्धी प्रस्ट दृष्टिकोण, तयारी र योजना नहुँदा त्यसका पहलकर्ताहरू नै नराम्रोसँग संशोधनवादको सागरमा डुब्न पुगे । पछि त्यो एमालेरूपी संशोधनवादको रूपमा झाङ्गिन पुग्यो । त्यसले नेपाली क्रान्तिलाई थप जटिलता पैदा ग¥यो तर संशोधनवादी हावाविरुद्ध प्रचण्ड–बाबुरामहरूले सशक्त प्रकारले धावा बोले । एकखालले भन्दा संशोधनवादी बाँझो धर्ती फोर्ने कार्य गरे । उनीहरूले क्रान्तिमा सशस्त्र बल प्रयोग अनिवार्य हुन्छ र हुनुपर्ने भन्दै दीर्घकालीन जनयुद्धको कार्यदिशा निर्माण गरे । यसबारे प्रचण्डले लेखे, “आजको अन्तर्राष्ट्रिय परि स्थितिमा विकास भइरहेको वर्गसङ्घर्षको स्थिति र मालेमाको आधारभूत शिक्षाबाट के कुरा स्पष्ट छ भने सशस्त्र सङ्घर्षमा केन्द्रित नभई न क्रान्तिकारी पार्टीको विकास सम्भव छ, न वास्तविक जनक्रान्ति नै । आजको साम्राज्यवादी युगमा मालेमावादी हुनु भनेको सशस्त्र जनयुद्धमा लाग्नु हो”, (प्रचण्ड, नेपाली क्रान्तिका समस्याहरू, भाग २, पृ. ६२) । उनले क्रान्ति र सशस्त्र सङ्घर्षको सन्दर्भमा मालेमावादी र संशोधनवादबीचमा रहेको फरकबारे स्पष्ट गर्दै उल्लेख गरेका छन्, “सङ्घर्षका रूपहरूको सञ्चालन सम्बन्धमा पनि क्रान्तिकारी माक्र्सवादीहरू तथा संशोधनवादीहरूका बीचमा आधारभूत रूपमा दृष्टिकोणको भिन्नता रहेको हुन्छ ।

क्रान्तिको सार्वभौम नियमका रूपमा हिंसात्मक क्रान्तिको अनिवार्यतालाई निरन्तर जनतामा प्रचार गर्नुपर्ने आवश्यकतालाई कुनै पनि शर्तमा रोक्न नहुने कुरामा माक्र्सवाद–लेनिनवाद–माओवादको जोड रहेको छ । सच्चा क्रान्तिकारीहरूले जनतालाई क्रान्तिका निमित्त तयार पार्ने पूर्वशर्तका रूपमा विद्यमान कानुन र व्यवस्था तोड्ने प्रकारका सङघर्षमा जोड दिन्छन् । लेनिन भन्नुहुन्छ, ‘यो र ठीक यही हिंसात्मक क्रान्तिका धारणाको जनतामा व्यवस्थित रूपले प्रचारको आवश्यकता नै माक्र्स र एङ्गेल्सका सम्पूर्ण शिक्षाको सार हो ।’ … स्टालिनले ‘यस्तो क्रान्ति शान्तिपूर्ण ढङ्गले बुर्जुवा प्रजातन्त्रको सीमाभित्र, बुर्जुवाशासनको अनुकूल पूरा गर्न सकिन्छ भन्ने सोच्नुको मतलब हुन्छ या त उसको दिमाग खुस्किएर सामान्य मानवीय चेतना नै गुमाएको छ या सर्वहाराक्रान्तिको नाङ्गो र पूर्ण परित्याग गरिएको छ’ भन्नुभएको छ”, (पूर्ववत्, माक्र्सवाद–लेनिनवाद–माओवाद वा संशोधनवाद, पृ. ७२) । प्रचण्डले जनयुद्धको समयमा लेखे, “माओवादी पार्टीले नयाँ जनवादी क्रान्तिका लागि सर्वहारावर्गको राजनीतिक पार्टीको सङ्घर्षको प्रधान रूप युद्ध र सङ्गठनको प्रधान रूप फौज बनाएर लैजान अनिवार्य छ भन्दछ”, (पूर्ववत्, भाग २, जनयुद्धको एक वर्ष र संशोधनवादका विरुद्धको सङ्घर्षको अनुभव, पृ. १६४)

उनको तर्कमा सशस्त्र सङ्घर्षको कुरा गरेर मात्र हुँदैन, त्यसको पहल गर्नु नै सच्चा कम्युनिस्ट हुनु हो । त्यही समयमा एमालेले बहुदलीय जनवादी कार्यक्रमद्वारा शान्तिपूर्ण तरिकाले कम्युनिस्टहरूले सत्ता प्राप्त गर्न सक्ने र हुन सक्ने हल्ला मच्चाइरहेको थियो । उसले सशस्त्र सङ्घर्षको विचार बोक्नेहरूलाई उग्रवादी, जडसूत्रवादी, समयलाई बुझ्न नसक्ने भन्ने आरोप लगाइरहेको थियो ।

एमालेको उक्त विचारलाई प्रचण्डले चिरफार गर्दै भने, “तर संशोधनवादीहरू हमेसा सङ्घर्षका शान्तिपूर्ण एवम् वैधानिक रूपहरूमा नै जोड दिन्छन् । आधुनिक संशोधनवादीहरू जो माक्र्सवाद–लेनिनवाद– माओवादका सार्वभौम सत्यबाट परिचित छन्, माओले भविष्यका लागि वा रणनीतिक हिसाबले त हिंसात्मक क्रान्तिको आवश्यकतालाई स्वीकार गरेको देखाउँछन् तर तात्कालिक व्यवहार एवम् कार्यनीतिक हिसाबले त्यसको अस्वीकार गर्दछन् । ‘आज नगद भोलि उधारो’ भनेझैँ संशोधनवादी तत्काल त शान्तिपूर्ण र वैधानिक आन्दोलनभन्दा अलिकति पनि बाहिर जान तयार हुँदैनन् तर भविष्यमा भने त्यसको आवश्यकतालाई स्वीकार गरेको देखाउँछन् । नेपालमा एमालेलगायत संशोधनवादीहरूले ठीक यही तरिका अपनाइरहेका छन्”, (पूर्ववत्, भाग १, माक्र्सवाद–लेनिनवाद– माओवाद वा संशोधनवाद, पृ. ७२)

बाबुरामले, “सशस्त्रबलको भरमा र राजनीतिक, आर्थिक, सांस्कृतिक हैकमको आडमा प्रतिक्रियावादीवर्गले स्थानीय तहसम्म जुन अधिनायकत्व वा सत्ता कायम गरेको छ, त्यसलाई जनताको सशस्त्रबलले ध्वस्त पारेर मात्र जनसत्ताको निर्माण गर्न सकिन्छ”, (बाबुराम भट्टराई, राजनीतिक अर्थशास्त्रको आँखीझ्यालबाट, स्थानीय जनसत्ता र जनसहकारिताबारे, पृ. ९९) भनेका थिए । पछि प्रचण्डहरूले अगाडि सारेको सशस्त्र सङ्घर्षको सार्वभौमिकताभित्र दीर्घकालीन जनयुद्धको कार्यदिशाअनुसार नै नेकपा (माओवादी) ले दस बर्से जनयुद्ध लड्यो र ठूलो सफलता पनि प्राप्त गर्दै अघि बढ्यो । आश्चर्यको कुरा ! प्रचण्ड–बाबुराम संसद्वादी दलहरूसँग शान्तिपूर्ण प्रक्रियामा प्रवेश गरिसकेपछि आफूले जनयुद्धमा एक जना मान्छे पनि नमारेको (पत्रकारसँगको अन्तर्वार्तामा) प्रचार गर्न थाले । जनयुद्ध बाध्यताले लडेको भन्दै त्यसबाट फर्किन चाहेको तर्क अगाडि सारे । उनीहरूले यस्तो तर्क गर्नु भनेको जनयुद्ध लड्नु गल्ती थियो भन्ने भाव दिन खोजेको बुझ्न सकिन्छ । आजभोलि “सशस्त्र सङ्घर्षको सहज र सम्भव नभएको, चुनावबाटै जनताको मतद्वारा समृद्धि ल्याउन सक्ने भएकोले सशस्त्र सङ्घर्षको कुनै आवश्यकता नरहेको र सशस्त्र सङ्घर्ष गर्नु गल्ती हुने” भन्दै हिँडिरहेका छन् । प्रचण्डले दैनिकजस्तो आफ्नो भाषण र छलफलमा सशस्त्र सङ्घर्षका विरुद्धमा तर्कहरू गरिरहेका छन् । उनले अबको आवश्यकता ‘शान्ति, स्थिरता, र समृद्धि’ हो भन्दै जनतालाई क्रान्तिबाट पूर्णरूपले विमुख गर्न भ्रम प्रचार गरिरहेका छन् । जब कि जनयुद्धको समयमा सशस्त्र सङ्घर्षको विरोध गर्नेहरू प्रचण्डको दृष्टिकोणमा साम्राज्यवादीका पाले र प्रतिक्रियावादी तŒवहरू हुन्थे । हुन त प्रचण्डहरूका यी तर्कहरू कुनै नयाँ होइनन्, यी तर्क विश्वभरिका संशोधनवादी, सुधारवादी, विजर्सनवादी, संसद्वादीहरूले क्रान्तिकारीका विरुद्ध लेनिनकै समयदेखि गर्दै आएका तर्क हुन तैपनि केही खण्डन आवश्यक हुन्छ । पहिलो कुरा, नेपालमा सशस्त्र सङ्घर्ष सम्भव नहुने तर्क एकदमै गलत र निकम्मा छ किनकि वर्गसङ्घर्ष रहेसम्म र वर्गहरू आ–आफ्नो स्वार्थका लागि सत्ता–सङ्घर्षमा रहँदासम्म सशस्त्र सङ्घर्ष अनिवार्य हुन्छ । यो कम्युनिस्ट क्रान्तिकारी र सर्वहारावर्गका कारणले नभई सत्तासित लुटेरा शासकवर्गका कारणले गर्दा हुन्छ । किनकि लुटेरावर्गले आफ्नो लुटको स्वर्ग बचाउन श्रमिक जनता र वर्गमाथि जस्तोसुकै दमन गर्न पनि पछि पर्दैन । जब सर्वहारावर्गले दमनको अस्वीकार र प्रतिरोध गर्छ, तब सशस्त्र सङ्घर्ष एक असाध्य घटनामा बदलिन पुग्छ । यसबारेमा प्रचण्डहरूले सशस्त्र सङ्घर्ष सम्भव छ र असम्भव छ भनेर तर्क गर्नु सशस्त्र सङ्घर्षको सार्वभौमिक सच्चाइबाट भाग्नुसिवाय केही हुँदैन । अर्को कुरा, नेपालमा जब सत्ता जनताको हातबाट दलाल पुँजीवादीवर्गले लुटेको छ र क्रान्तिको आँधीबेहरी सिर्जना गर्ने श्रमिकवर्ग अधिकारविहीन अवस्थामा छ, किसान, मजदुरहरू उत्पीडनभित्रै छन् भने सशस्त्र सङ्घर्ष कसरी असम्भव हुन्छ ? दलाल पुँजीवादी सत्तालाई परास्त गरेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने सङ्घर्ष अगाडि बढ्दा सशस्त्र सङ्घर्षको अनिवार्यतालाई कसले टार्न सक्छ ? यो केवल कल्पना मात्र हुँदैन ?

जनयुद्धजस्तो भीषण प्रक्रियालाई सम्पूर्ण रूपले साथ दिएको र हजारौँको सङ्ख्यामा बलिदान दिएर पनि माओवादीलाई अपराजित पार्टी बनाएकोले स्वतः स्पष्ट पार्छ । प्रचण्डहरूले क्रान्तिको समयमा पाएको माया, समर्थन र शान्तिको नारा भट्याउन थालेपछि जनताले दुत्कारेको कुरा यही होइन ! अनि शान्तिकै नाराले विसर्जन गर्न थालेपछि अस्तित्व सङ्कटले एमालेमा विलय हुन पुगेको कुरा घामजस्तै छलङ्ग छैन र !

अर्को विषय, जनयुद्धको प्रतिबद्धताअनुरूप क्रान्तिको नेतृत्व गर्न तयार र सक्षम नेपाल कम्युनिस्ट पार्टी, त्यसको नेतृत्वमा जनमुक्ति सेना, जनताको सत्ता र आम जनता छन् भने दलाल संसदीय सत्ताविरुद्धको क्रान्ति, सशस्त्र सङ्घर्ष कसले रोक्न सक्छ ! छ केही उपाय प्रचण्ड महोदयसँग ! हाम्रो विचारमा सशस्त्र सङ्घर्षको विरोध गर्नु या रोक्न खोज्नु भनेको क्रान्तिको आँधीबेहरीमा पर्नु र अन्ततः आफैँलाई समाप्त पार्नु मात्र हो । जहाँसम्म जनताले शान्ति चाहन्छन् र सशस्त्र क्रान्तिको कुरा गर्नु जनताभन्दा अलग हिँड्नु हो भन्ने तर्क छ, यो व्यवहारतः खण्डन भइसकेको व्यर्थको तर्क हो । यदि जनताले सशस्त्र सङ्घर्षको सट्टा शान्ति चाहेका हुन्थे भने जनयुद्धको बेलाको जनसमर्थन प्रचण्डहरूलाई शान्तिको राग अलाप्न थालेपछि किन दिन मानेनन् ? किन क्रान्ति गर्न संविधानसभामा आएका छौँ भन्दा दशौँलाख जनताले भोट दिँदै पहिलो पार्टी बनाए ? किन लाखौँ नागरिक कटुवाल प्रकरणको समयमा काठमाडौं घेर्न पुगे ? अनि प्रचण्डले खुब शान्ति र समृद्धिको नारा दिँदै गर्दा एकै पटक ग्राफ झरेर जनताको समर्थन १२ लाखमा आइपुग्यो !? यही हो जनताले शान्तिलाई साथ दिएको अनि क्रान्तिलाई समर्थन नगरेको महाशय !? यो निर्विवाद कुरा हो कि जनताले शान्ति र समृद्धि चाहन्छन् तर त्योभन्दा ठूलो कुरा अधिकार, मुक्ति, स्वाधीनतासहितको शान्ति र समृद्धि चाहन्छन् । इतिहासदेखि मुक्ति र स्वाधीनताको प्रस्ताव लिएर सङ्घर्षमा हामफालेका कांग्रेस, एमाले, प्रचण्ड–बाबुराम सबैलाई दिएको अपार समर्थन यसैको प्रमाण हो । जनयुद्धजस्तो भीषण प्रक्रियालाई सम्पूर्ण रूपले साथ दिएको र हजारौँको सङ्ख्यामा बलिदान दिएर पनि माओवादीलाई अपराजित पार्टी बनाएकोले स्वतः स्पष्ट पार्छ । प्रचण्डहरूले क्रान्तिको समयमा पाएको माया, समर्थन र शान्तिको नारा भट्याउन थालेपछि जनताले दुत्कारेको कुरा यही होइन ! अनि शान्तिकै नाराले विसर्जन गर्न थालेपछि अस्तित्व सङ्कटले एमालेमा विलय हुन पुगेको कुरा घामजस्तै छलङ्ग छैन र ! तेस्रो कुरा, प्रचण्डहरूले जनयुद्धको नक्कल गरेर क्रान्ति हुँदैन भन्ने तर्क गर्नु हददर्जाको बेइमानी मात्र हो । प्रचण्डको दिमागमा ‘नक्कल’ भन्ने जुक्ति कसरी आयो ‘भगवान्’ ! क्रान्ति गर्नु नक्कल हुन्छ ! माक्र्सवादको सार्वभौमिक विशेषताको अनुशरण गर्नु नक्कल हुन्छ ! पुँजीवाद र दलाल पुँजीवादी सत्ताका विरुद्ध विद्रोह गर्ने, क्रान्ति छेड्ने र सर्वहारावर्गीय सत्ता निर्माण गर्ने विषय नक्कल हुन्छ ! के हो माक्र्सवाद ? के एमालेले जनयुद्धलाई यस्तै भन्दैनथ्यो र ! लामा र प्रकाशहरूले नक्कलकै आरोप लगाउँदैनथे र ! अनि प्रचण्डले यस्तो तर्क गर्नेलाई ‘सिल्ली’ र ‘पागल’, ‘साम्राज्यवादका पाले’ र ‘प्रतिक्रियावादी नोकर’ भनेको होइन ! अनि कसरी आयो आज उही—उस्तै तर्क क्रान्तिकारीका विरुद्ध !? यसमा स्पष्ट गर्ने विषय छ कि हामीले प्रचण्डको नक्कल पनि त गर्दैछैनौँ । हामीले त क्रान्ति गर्दैछौँ । त्यो पनि नेपाली वस्तुस्थितिअनुरूपको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा निर्माण गरेर पुँजीवादी–साम्राज्यवादी– उत्तर साम्राज्यवादी, संसद्वादी सत्ताका विरुद्ध क्रान्ति गर्दैछौँ । हामी प्रचण्डको जस्तो नेपालमा युद्ध लडाएर भारतमा वार्ता गर्ने नक्कल त गरेका छैनौँ नि ! हामीले सत्ताको लागि कसम खाँदै जनयुद्ध गर्ने र कुर्सीका लागि संसद्वादी दलालहरूसँग साँठगाँठ र लेनदेनमा लाग्ने नक्कल त गरिरहेका छैनौँ नि ! हामीले कार्यकर्ता र जनताले बलिदान गर्दासम्म उर्फीउर्फी बलिदान र बहादुरीको भाषण गर्ने अनि आफूले क्रान्तिको मोर्चा सम्हाल्ने बेलामा राती पनि मार्ने सपना देख्ने दिउँसो पनि मार्ने र मर्ने चुनौती देख्दै जनयुद्ध र जनमुक्ति सेना विसर्जन गर्ने नक्कल गर्दैछैनौँ महोदय ! हामी लड्दैछौँ, तिमीहरूले दिएको धोका बेइमानी, साम्राज्यवाद र संसद्वादले दिएको धोका सबैलाई पचाएर सर्वहारावर्ग र कम्युनिस्टहरूलाई विजयी तुल्याउने गरी सशस्त्र क्रान्तिको तयारी गर्दैछौँ । भित्र कायरताले भरिपूर्ण बाहिर बहादुरीको छाला ओडेर बुर्जुवावर्ग र पुँजीवादसँग आत्मसमर्पण गर्ने नक्कल गर्दैछैनौँ हामी ! तिमीहरू बाँच्दाबाँच्दै देख्न सक्नेछौ कि हामीले कस्तो क्रान्ति गर्नेछौँ ! यसो त यहाँ प्रचण्डहरूले गर्ने तर्कमा कुनै नौलोपन किन पनि छैन भने लेनिनको समयमा संशोधनवादका पिता बर्नस्टिन र गद्दार कार्ल काउत्स्की, माओको समयमा गद्दार खुश्चोभ र टिटो, पछिल्लो समयमा देङ, ज्योति बसु, मनमोहनहरूले गरेका तर्कभन्दा प्रचण्डका तर्कहरू एकरत्ति पनि नयाँ र प्रभावशाली छैनन् । ती सबैलाई एक समयमा लेनिनले, अर्को समयमा माओले र क्रमशः विश्वभरिका क्रान्तिकारीहरूले एक–एक गर्दै परास्त गरेर नै महान् क्रान्तिहरू सम्पन्न गर्नुभएको हो । यस्ता तर्कहरू पुँजीवादी दुनियाँ कायम हुँदासम्म र पुँजीवादी सत्तासँगको सङ्घर्षमा संशोधनवाद–अवसरवाद– सुधारवाद जीवित हुँदासम्म पलाइरहने निश्चित छ र यी तर्कहरूलाई हरेक समयका क्रान्तिकारीहरूले निमोठ्दै अगाडि बढिरहनुपर्नेछ । हिजो प्रचण्डहरूका विरुद्ध एमालेहरूले यस्तै तर्क गर्थे, आज भारतमा माओवादीविरुद्ध ज्योति बसुवालाहरूले यस्तै भनिरहेका छन्, नेपालमा प्रचण्डहरू संसद्वादमा पतन भइसकेपछि यस्तो तर्क गर्न आउनु कुनै आश्चर्यको विषय होइन, बरु क्रान्तिको नियमअनुसार अनिवार्य छ । तर यी तर्क पनि त्यसरी नै पराजित, विसर्जित र नष्ट हुनेछन् जसरी महान् अक्टोबर क्रान्तिदेखि चिनियाँ क्रान्तिसम्ममा संशोधनवादी–सुधारवादीहरूका तर्कहरू परास्त भएका थिए । जब सत्ता दलाल पुँजीपतिवर्गको हातमा नै केन्द्रित छ, जनता पुँजीवादी सत्ताको उत्पीडनभित्र लुटिँदैछन् र देश नव–उपनिवेशवादी चरित्रमा छ भने कसरी क्रान्ति र सशस्त्र सङ्घर्षको औचित्य सकियो ? कसरी सशस्त्र सङ्घर्ष गर्नु ‘अतिवाद’ हुन्छ ! कसरी क्रान्ति गर्नु कसैको नक्कल गर्नु हुन्छ !? बरु हामीले यति कुरा भन्नैपर्छ कि नेपाली क्रान्तिमा बल–प्रयोगको आवश्यकता सकिएको नभई प्रचण्डको क्रान्तिकारी विचार र सोच सकिएको हो । उनको दिमागमा संशोधनवादी खिया भरिन पुगेको हो । अब संशोधनवादलाई बुझ्न बर्नस्टिन, खु्रश्चोभ, एमालेसम्म पुग्नुपर्ने कष्ट गर्नुपर्नेछैन, प्रचण्डको विचलित दृष्टिकोणलाई अध्ययन गरे पुग्छ । प्रचण्डको विचलनलाई छोप्न र सही सावित गर्न केही पतीत र विचलित मान्छेले के तर्क गर्छन् भने विश्व लेनिन–माओको समयभन्दा निकै फरक ठाउँमा पुगिसकेको, विज्ञान र प्रविधिले अभूतपूर्व विकास गरिसकेकोले पुरानै तरिकाले क्रान्ति सोचेर या बल–प्रयोगमा हिँडेर सफल हुन सकिँदैन । उनीहरूले केवल प्रविधिको विकास र नयाँ परिस्थितिको कुरा मात्र गर्छन् तर सत्ताको चरित्र के छ र त्यसले श्रमिकवर्गको जीवनमा कस्तो प्रभाव पारिरहेको छ भन्ने पक्षलाई वास्ता गर्दैनन् । उसो भए के लुटेरा– वर्ग सर्वशक्तिमान र अपराजित भइसकेको हो ? के जनताको तागतभन्दा सत्ताको मेसिन शक्तिशाली बनिसकेको हो ? के उत्पीडक र शासकहरू नहार्ने भइसके ! के विज्ञान र प्रविधि सत्तासीन दलाल पुँजीपति या पुँजीपतिवर्गको लागि मात्र हो ? के विज्ञानले पुँजीवादी सत्ता र शासकवर्गको लागि मात्र सहयोग पु¥याउँछ ? के विज्ञान र प्रविधिको विकासले क्रान्तिलाई असम्भव तुल्याइदिन सक्छ ? यो माक्र्सवाद–लेनिनवाद–माओवादको विरुद्ध छ, यो विज्ञानको पूरै विपरीत छ र पुँजीवादी सत्ता विनासको भौतिकवादी निष्कर्ष विपरीत हुन्छ । विज्ञानको विकास भएको र सत्ताले विज्ञान र प्रविधिको प्रयोग आफ्नो स्वार्थअनुरूप गरेको कुरा सही हो तर विज्ञान र प्रविधिको विषय उत्पादक शक्तिभन्दा अगाडि कहिल्यै हुन सक्दैन । उत्पादक शक्ति या मानवशक्तिले विज्ञान र प्रविधिको निर्माण गरेको हो र गर्छ न कि प्रविधिले मानवलाई निर्माण गर्छ । जब विज्ञान र प्रविधिको खोजकर्ता स्वयम् श्रमिकशक्ति छ भने त्यसलाई शासकवर्गको हतियार मात्र भनेर कसरी मान्न सकिन्छ ! यदि विज्ञान र प्रविधि भएकाहरू मात्र टिक्ने भइदिएको भए विगतका शक्तिशाली पुँजीवादी–साम्राज्यवादी सत्ताहरू नढल्नुपर्ने थियो

नि त ! किन ढले ?

सामान्यतः भौतिक साधन, स्रोत र वस्तुहरूको उपयोग र नियन्त्रणका दृष्टिले सत्तासीनवर्ग नै त जहिले पनि श्रमिकवर्गभन्दा अगाडि हुन्छ, के रुस, चीन, भियतनाम, कोरिया, क्युबामा सत्तासीनवर्गसँग त्यस बेलाको सापेक्षतामा श्रमिकवर्गसँग भन्दा सबै प्रविधि र साधनहरूको नियन्त्रण बढी थिएन र ? अरूको कुरै छोडौँ, पूर्व–सोभियत सङ्घ जो विश्व महाशक्ति थियो, कहिल्यै नढल्नुपर्दथ्यो नि त ! किन ढल्न पुग्यो त ? अमेरिकालाई माथ गर्ने प्रविधि र युद्ध प्रविधिले बचाउनुपर्दथ्यो नि त ? कुरा क्रान्ति हुने र नहुने विज्ञान र प्रविधिको विकासको कुरा होइन, विज्ञान र प्रविधि कसको नियन्त्रण छ भन्ने पनि होइन, विषय क्रान्तिसम्बन्धी दृष्टिकोण र विचारको हो । होला, विज्ञान–प्रविधिको विकासले केही ढिला या चाँडो, अगाडि–पछाडि हुन सक्ला तर विज्ञान प्रविधिका कारण पुँजीवाद नै टिकिरहने, सर्वहारा श्रमिकवर्ग मुक्त हुन नसक्ने या सत्ताको मालिक बन्न नसक्ने भन्ने हुन सक्दैन । यदि बाबुरामले जनयुद्धको समयमा विज्ञान र प्रविधिले क्रान्तिलाई नजिक ल्याउँछ भनेर गरेको विज्ञान र प्रविधिको विकासको तर्कलाई अर्कोतिरबाट हेर्ने हो भने त्यो सत्ता र पुँजीपतिवर्गको साधन मात्र होइन, जनताको साधनमा परिणत हुन सक्छ । पुरानो सत्ताको रक्षक मात्र होइन, उसको विनासको साधन पनि हुन सक्छ । विज्ञान र प्रविधि क्रान्तिको बाधक मात्र हुने हुँदैन कि साधक पनि हुन सक्छ । अझ अर्कोतिरबाट विज्ञान, प्रविधि, आधुनिकताको विषयलाई व्याख्या गर्ने हो भने आधुनिक पुँजीवादी उत्पादन सम्बन्ध, विज्ञान र प्रविधिले वैज्ञानिक समाजवादको आगमनलाई नजिक ल्याउँदैन र ? अनि कसरी भयो विज्ञान र प्रविधिका कारण क्रान्ति असम्भव ! यदि क्रान्तिबाट पछि फर्किनका लागि यस्तो तर्कको सहारा लिने हो भने माक्र्सवाद अर्थात् साम्यवादी सभ्यताको अनुसन्धान नै असम्भव हुने थियो किनकि पुँजीवाद आफैँमा आधुनिकताको जगमा पैदा भएको समाज हो जसको विरुद्ध माक्र्सले विजयको परिकल्पना गर्नु नै सही हुँदैनथ्यो । कुनै पनि समाजमा पैदा हुने नयाँ उत्पादनका वस्तु र साधनहरू उत्पादक शक्ति र श्रमिकवर्गलाई उत्पीडन गर्ने साधन बन्दैनन् कि उनीहरूलाई शिक्षित–दीक्षित गर्ने र वर्ग–दुश्मनलाई परास्त गर्ने सहयोगी साधन बन्छन् । त्यसै भएर त पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको उदय अवश्यम्भावी रहेको छ ।

सामान्यतः इतिहाससिद्ध सत्य हो कि रूपमा जहिले पनि सत्ता पक्ष जनताभन्दा र क्रान्तिकारीभन्दा शक्तिशाली देखिने गर्छ, दासयुगमा दास–मालिकहरू नै बलिया र शक्तिशालीजस्ता लाग्थे, सामन्ती युगमा सामन्त र सम्राटहरू नै बलिया र शक्तिशाली लाग्थे, लेनिनको समयमा पुँजीपतिवर्ग नै मजदुरवर्गभन्दा शक्तिशाली लाग्थे, माओको समयमा सत्तासीन सामन्त तथा नोकरशाही दलाल पुँजीपतिवर्ग नै बलिया लाग्थे, आज पनि पुँजीवाद र पुँजीपतिवर्ग बलियोजस्तो लाग्छ तर त्यो भ्रम मात्र हो, सत्य होइन । न विगतमा दास मालिकहरू श्रमिक जनताभन्दा शक्तिशाली थिए, न त सामन्त र पुँजीपतिवर्ग नै शक्तिशाली थिए । त्यसैले गर्दा नै शक्तिशाली देखिएका सामन्त, पुरोहित, पुँजीपति, दलाल पुँजीपतिवर्गले पराजय व्यहोर्नुप¥यो, धुलोमा मिल्नुप¥यो । आज पनि देखावटी रूपमा मात्र मान्छेलाई त्यसो परेको हो । वास्तविकतामा जनता नै शक्तिशाली छन् ।

२०७५ चैत ४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!