युवा सङ्गठनले लियो बसुन्धरा बम विस्फोटको जिम्मा

 

काठमाडौँ : राजधानीको बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको विस्फोटको जिम्मा नेकपा निकट युवा सङ्गठन नेपालले लिएको छ ।

उक्त सङ्गठनका मध्यकमान्ड केन्द्रीय सचिव शिशिरले आइतबार विज्ञप्तिमार्फत उक्त घटनाको जिम्मा लिएका हुन् । विज्ञप्तिमा गुरुङलाई मानवतस्करी रोक्न चेतावनी दिँदै आगामी दिनमा मानवतस्करी जारी राखे थप कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

बसुन्धरास्थित गुरुङको घरमा शुक्रबार साँझ बम विस्फोट भएको थियो । विस्फोटबाट उनको गाडी र घरमा क्षति भएको थियो । युवा सङ्गठनले उक्त मेनपावरलाई युवा विदेश पठाउने नाममा ठगी गरेको र विदेशमा सामस्या परेर फर्कने युवालाई राहत दिनुको साटो तनाव दिने गरेको दाबी गरेको छ ।

२०७५ फागुन २५ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :