अदालत हाताभित्रैबाट नेकपाका नेताहरू बेपत्ता


इलाम : प्रहरीले इलामको फाकफोक थुम गाउँपालिका लुङ्सुम्दाङबाट फागुन १४ गते बिनाकारण गिरफ्तार गरेका नेकपाका कार्यकर्ता अमृत, बाबा, मिलन, केबी र विक्रमलाई बिहीबार उच्च अदालत विराटनगरको हाताबाटै गिरफ्तार गरेर बेपत्ता बनाएको छ । उच्च अदालतले उनीहरूलाई हिरासतमा राख्नुपर्ने कुनै आधार र कारण नभएको भन्दै रिहा गरे पनि प्रहरीले अदालतको ढोकाबाटै अपहरण शैलीमा गिरफ्तार गरी बेपत्ता बनाएको समाचार प्राप्त भएको छ ।

सरकारले दमन तीव्र पार्दै सङ्कटकालको झल्को दिने गरी अदालतकै मानहानि गरेर आफ्ना नेता–कार्यकर्तालाई बेपत्ता पारेकोमा आपत्ति जनाउँदै नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो कार्यालयले तत्काल रिहा गर्न माग गरेको छ ।

उच्च अदालत विराटनगरमा नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई सार्वजनिक गर्नुपर्ने मागसहित परेको रिटमाथि बहस हुँदा अदालतले निर्दाेष साबित गर्दै रिहाइको आदेश दिएको थियो । तर उनीहरूलाई पुनः अदालत हाताभित्रैबाट प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको जानकारी मेची ब्युरोका एक जिम्मेवार नेताले दिएका छन् ।

उनीहरू पाँचैजनालाई प्रहरीले इलामबाट १४ गते गिरफ्तार गरेको थियो । उनीहरूलाई सार्वजनिक मुद्दा लगाइएको थियो ।

२०७५ फागुन २३ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :