खतिवडाको रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता केदार खतिवडाको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेकपाका ब्युरो सदस्य खतिवडालाई गैरन्यायिक रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी गीता सिलवालले बिहीबार रिट दायर गरेकी हुन् ।

प्रहरीले बुधबार खतिवडालाई काठमाडौँस्थित कोठाबाटै गिरफ्तार गरेको थियो । महानगरीय प्रहारी परिसर टेकुले बिहीबार खतिवडालाई ७ दिनको म्याद थप गरेको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दा लगाइएको समाचारमा उल्लेख छ ।

२०७५ फागुन २३ गते बिहीबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :