कपिलवस्तुमा ब्यापक प्रहरी अप्रेशन

काठमाडाैँ :  कपिलबस्तुको शिवराज नगरपालिका ९ शिवगढी गाउँमा प्रहरीले अप्रेशन गरेको छ । प्रहरीले गरेको अप्रेशनका क्रममा आज अर्थात बिहीबार बिहान घरमा परिवारसँग बसिरहेका दुर्गा रोकालाई भीडन्तको नाममा गोली हानी घाइते बनाइ गिरफ्तार गरेको छ ।

२२ गते बेलुकादेखि नै सशस्त्र प्रहरी सहितको टोलीले घर घरमा पसी खानतलास गरी जनतालाई धम्काउने गरिराखेको थियो । पछिल्लोक्रममा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ता, समर्थक शुभचिन्तकहरुलाई गिरफ्तार गर्ने मुद्दा लगाउने गरिराखेको छ ।

यसैगरी रोल्पामा पनि जनताका घरघर पसी खानतलासी गर्ने, पिट्ने, धम्काउने गरिराखेको छ । यसबाट २०५२ सालमा तत्कालिन शेरबहादुर देउवाको सरकारले चलाएको नरसंहारकारी रोमियो अप्रेशनको झल्को केपी सरकारले दिएको जनताको प्रतिक्रिया छ ।

२०७५ फागुन २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :