भू–माफिया विरुद्ध गम्भीर आपत्ति – कुशल बोगटी, भक्तपुर सेक्रेटरी, नेकपा

kushal 01

काठमाडौं/जेठ २९, नेपाल कम्युनिस्ट पार्टी, भक्तपुर जिल्ला सेक्रेटरी कुशल वोगटीले भक्तपुरमा भएको जुन हनुमन्ते खोला फर्काउन प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । सोमबार दिउसो जारी विज्ञप्तिमा सो पार्टीका जिल्ला सेक्रेटरी वोगटीले ‘‘अनाधिकृत रूपमा भुमाफिया र स्थानीय प्रशासनको मिलोमतोमा गुण्डाहरुसमेत भाडामा प्रयोग गरी राति ११ बजेदेखि ४ बजेसम्म ५ वटा डोजर परिचालन गरी खोलाको प्राकृतिक वहाव फर्काउने कार्यप्रति जति निन्दा र भत्र्सना गर्नुभएकोे छ । उहाँले आपराधिक कार्यमा संलग्न सबैको छानबिन गरी त्यसको जवाफ दिन सरोकार पक्षलाई माग गर्नुभएको छ । त्यसखालको गलत कार्य भइरहँदा पनि स्थानीय प्रशासन मूकदर्शक भएर बस्नु अत्यन्त खेदजनक भएको वोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्तिसहित

bhaktapu

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :