जनअधिकार अभियान नेपालको अन्तरक्रिया पोखरामा सम्पन्न

20170612_134925काठमाडौं/जेठ २९, जन अधिकार अभियान नेपालले आयोजना गरेको मानव अधिकार दृष्टिकोणबाट वर्तमान राजनीति र जनचाहाना विषय अन्तरक्रिया कार्यक्रम  आज पोखरामा सम्पन्न भएको छ । सो कार्यक्रममा आस्थाका बन्दीहरु सुनिल कुमाल, भोजराज त्रीपाठीले आफूहरुलाई हिरासतमा हुदा प्रहरीले मानसिक, शारिरीक याताना दिएको भन्दै गुनासो पोखेका छन् । अतिथिहरुमा राष्ट्रिय मानव अधिकारवादी संगठन नेपाल, इन्सेबाट संगीता भट्ट, क्षेत्रीय निर्देशक नितु बास्तोला, वरिष्ठ मानव अधिकारवादी टेकबहादुर बराल, अधिवक्ता गोविन्द पौडेल, नेपाल कम्युनिस्ट पार्टी, कास्की जिल्ला सेक्रेटरी जगन, प्रध्यापक प्रशुराम कोइराला रहेका छन् । कार्यक्रम सञ्चालन अधिवक्ता पुन्यप्रसाद खतिबडा, कार्यक्रमका अध्यक्ष तथा परिपत्र प्रस्तोता एकराज भण्डारीले गर्नुभएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :