दलित मोर्चा काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न

 

काठमाडौँ : दलित मुक्ति मोर्चा नेपाल काठमाडौँको पाँचौ जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ ।
सहिद सप्ताहको तेस्रो दिवस पारेर गरिएको जिल्ला सम्मेलनलाई मोर्चाका उपत्यका र तामसालिङ ब्युरो संयोजक एवं कार्यक्रमका प्रमुख अतिथि हरि नेपालीले उद्घाटन गर्दै वैज्ञानिक समाजवादमा मात्र आम दलित समुदायले सबै उत्पीडनहरुबाट मुक्ति प्राप्त हुने बताए । उनले भने, ‘नेपालका दलित समुदायले देशमा प्रत्येक समयमा भएको परिवर्तनमा धेरै ठुलो भुमिका खेलेको छ । बिगत १० बर्षे जनयुद्धमा दलित समुदायको भुमिकालाई प्रचण्ड, बाबुराम लगायका नेतृत्व पङ्तीले बेचेर खाएको छ ।’

नेपालीले छुवाछूत विभेद अहिले आधुनिक ढंगले व्यक्त हुन थालेको जिकिर गर्दै सबै उपजातिहरुको उन्मुलन गरि आर्य, मंगोल र द्रविट महाजाती मात्र रहे, जातीय उत्पीडित नरहने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी काठमाडौँका जिल्ला कार्यालय सचिव धनदेव जोशीले सामाजिक दलाल केपी पिके सरकारले गरेको नेकपा माथिको दमनले क्रान्तिलाई झन तीव्रतामा लैजाने बताए । पार्टीको दोस्रो दुई महिने अभीयानले जनतामा नयाँ आसा संचार गरेको बताए ।
त्यसैगरी कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन काठमाडौंका जिल्ला अध्यक्ष अर्जुन लामिछाने, समाज सेबी सुरेन्द्र रसाईली, सुकुम्बासी संघका जिल्ला अध्यक्ष विजय बुढामगर, मोर्चाका केन्द्रीय कार्यालय सचिव जयशिहं नेपाली लगायतको उपस्थित थीयो ।
गोपाल परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पदम रसाइलीले गरेका थीए । सम्मेलनबाट २१ सदस्य समिति चयन गरिएको छ । जसको अध्यक्षमा पदम रसाइली उपाध्यक्ष मंगल रोका, सचिवमा विर्ख बहादुर परियार, सहसचिव रमेश विक र सदस्यहरुमा नन्दसिहं विक, मानबहादुर. मगराती, कृष्ण दर्जी, विरेन्द्र नेपाली लगायत रहेका छन्।

२०७५ फागुन २२ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :