नेपाल कम्युनिस्ट पार्टी दाङको चेतावनी

काठमाडौँ  : सहिद परिवार, बेपत्ता परिवार र घाइते योद्धाहरूको अभिनन्दन कार्यक्रममा भएको प्रहरी ज्यादती र हस्तक्षेपको घोर भत्र्सना गर्दै नेकपाले गिरफ्तारहरूको बिनासर्त अविलम्ब रिहाइको माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका दाङको जिल्ला इन्चार्ज सविनले प्रेसविज्ञप्ति जारी गरी पार्टीका जिल्ला सचिवालय सदस्यहरू प्रदीप वली, जनयुद्धका घाइते योद्धा ईश्वरी पाण्डे र तुलसीपुर नगर सेक्रेटरी रूद्र वलीलाई बिनासर्त अविलम्ब रिहा गर्न माग गर्दै अन्यथा पार्टीले बन्दलगायत आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट निस्कने सम्पूर्ण परिणामको जिम्मेवार गिरफ्तार गर्ने, धरपकड गर्ने निकाय नै हुने भन्दै सरकारको आतङ्कमा विचलित नहुन सम्पूर्ण सहिद परिवारलाई अपिलसमेत गरेका छन् । विज्ञप्तिमार्फत यसप्रकारको दमनको डटेर प्रतिवाद गर्न सबैलाई हार्दिक अपिल गर्नुका साथै यसप्रकारको घृणित कार्यको उपयुक्त जबाफ पार्टीले दिने र सहिदका सपना पूरा गर्न निरन्तर क्रान्तिको यात्रामा डटिरहने उल्लेख छ ।

२०७५ फागुन २१ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :