सहिद–बेपत्ता परिवार अभिनन्दन कार्यक्रमबाटै जनयुद्धका घाइते गिरफ्तार

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले आज तुलसीपुरमा गरेको सहिद परिवार तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रमस्थलबाटै प्रहरीले ने.क.पा. दाङका ३ जना नेतालाई गिरफ्तार गरेको छ । ने.क.पा. दाङ जिल्ला पार्टीका कार्यालय सदस्य प्रदीप वली, जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई बिनाकारण सहिद परिवार तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रमस्थलबाटै गिरफ्तार गरेको हो ।

ने.क.पा. दाङ पश्चिम कमान्डले आज तुलसीपुरमा सहिद सप्ताहको अन्तिम दिन तुलसीपुर उपमहानगरपालिकादेखि पश्चिम दाङका सहिद परिवार, बेपत्ता योद्धा परिवार र घाइते अपाङ्ग योद्धाहरूलाई अभिनन्दन गर्न कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका प्रदीप वली, कार्यक्रममा घाइते अपाङ्गबाट अभिनन्दित हुनुभएका घाइते योद्धा ईश्वरी पाण्डे र कार्यक्रम आयोजक सदस्य रुद्र वलीलाई कार्यक्रमस्थलबाटै गिरफ्तार गरिएको हो । र्यक्रमस्थलबाटै यसरी गिरफ्तार गर्नुको कारण के हो भनेर जिल्ला प्रहरी प्रमुखसँग सोध्दा अनुसन्धान भइरहेको छ । छानबिनपछि कुरा गरौँला भन्ने प्रतिक्रिया दिएका थिए ।

२०७५ फागुन २१ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :