सम्पर्क मञ्चको केन्द्रीय सदस्य सहित २ गिरफ्तार

karan sing badal

काडमाडौं/जेठ २९, नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका सेतीमहाकली ब्यूरो इन्चार्ज करनसिंह बडाल ‘विद्रोही’ र सम्पर्क मञ्चका सदस्य लालबहादुर बडाल ‘मामा’लाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई सम्पर्क मञ्चको केन्द्रीय कार्यालय बागबजारबाट आइतबार रातीको १० बजे विना कुनै कारण गिरफ्तार गरेको हो । सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले आज एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरुलाई अपहरण शैलीमा गिरफ्तार गरि अहिलेसम्म वेपत्ता पारेको हुनाले तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् । उहाँले सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न मानव अधिकारकर्मीहरु समक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :