भ्रष्टाचारको आरोपमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण

digambar-jha

काठमाडौं/जेठ २९, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आक्रमणको प्रयास भएको छ । आइतबार साँझ झा चडेको वाहान गाडीमाथि अनामनगरमा आक्रमण भएको हो । मोटरसाइकलमा आएका युवाहरुको एक समूहले उनको वाहानकोको सिसा फुटाएका थिए । उनीहरुले त्यसक्रममा झाविरुद्ध नाराबाजी समेत गरेका थिए । उनले टेलिकममा व्यापक भ्रष्टाचार गरेको नेपाल कम्युनिस्ट पार्टीको आरोप छ । घटनामा नेकपाको संलग्नता भएको प्रहरीको आसंका भएपनि घटनाको कसैले जिम्मेवारी लिएको छैन । घटना लगत्तै प्रहरीले सामना सांस्कृतिक परिवारका ८ जना कलाकारलाई उनीहरुको निवासबाट सांझ ९ः३० बजे पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :