नेकपाका नेता-कार्यकर्ताहरु सहिद बेपत्ताका घरघरमा

 

काठमाडौँ  नेपालमा अधुरो रहेको क्रान्ति पुरा गर्दै वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीले देशका अन्य ठाउँ जस्तै कञ्चनपुरमा सहिद सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको छ । सहिद सप्ताहको अवसरमा नेकपाका नेताकार्यकर्ताहरु जिल्लाका सबै क्षेत्रमा सहिद र बेपत्ता परिवारका घरघर पुगी सम्मान गर्ने र सहिद परिवारले बेहोरिरहेका पिडा, समस्याहरु संकलन गरिरहेका छन् । सहिद परिवारहरुका समस्याहरु समाधानका लागि आफ्नो पार्टीले पहल गर्ने नेकपा कन्चनपुरले जनाएको छ । साथै सहिद तथा बेपत्ताहरुको जीवनी प्रकाशन गर्ने गरी विवरण पनि संकलन गरिरहेको छ । पार्टी जिल्ला सेक्रेटरी राजेन्द्र विष्ट परिवर्तनको नेतृत्वमा भिमदत्त नगर क्षेत्रमा रहेका सहिद परिवारसँगको भेटघाट सुरु गरिएको कार्यालय सचिव प्रकाश जप्रेलले जानकारी गराए ।

उनका अनुसार नेकपाले कञ्चनपुरका सहिद रामबहादुर डगौंरा, निर्मला सुनार, पृतबहादुर विष्ट, तेजबहादुर कार्की, कलविर कोलीको परिवारसँग भेटघाट र सम्मान कार्यक्रम गरेको छ । जिल्ला भरी रहेका १ सय ४७ सहिद र ३० वेपत्ता योद्धा परिवारका घरमै पुगेर सम्मान गर्ने कार्यक्रम छ नेकपाका जिल्ला सेक्रेटरी परिवर्तनले जानकारी दिए । उनले भने ‘सहिदहरुको रगत खेर जान नदिन र वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि सहिद, बेपत्ता योद्धाहरुको बलिदानलाई आदर्शको रुपमा लिदै अगाडी बढिरहेका छौँ ।’

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :