रामेछापमा नेकपाको अभियान तीव्र

रामेछाप : नेकपाको दोस्रो चरणको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान रामेछापमा तीव्रताका साथ अघि बढेको जनाइएको छ ।

दोस्रो चरणको अभियानमा जिल्लाका दुवै क्षेत्रमा उत्साहजनक रूपमा दर्जनौँ सङ्गठन निर्माण भएको जिल्लाबाट प्राप्त समाचारमा जनाइएको छ ।

२४ औँ जनयुद्ध दिवस मनाएर दुई नम्बर क्षेत्रको पश्चिमबाट पूर्वतर्फ लागेको अभियान मन्थली नगरपालिकाका विभिन्न वडा हुँदै रामेछाप नगरपालिकातर्फ अघि बढेको जनाइएको छ ।

अभियान जनयुद्धको समयमा योद्धाहरूको सामूहिक हत्या गरिएको स्थान सालु, देउरालीलगायत एक नम्बर क्षेत्रमा क्रियाशील रहेको र सहिद जन्माउने बस्तीहरूमै सहिद सप्ताह मनाएर अभियान अघि बढिरहेको जानकारी जिल्ला जनसरकार प्रमुख विवेक लामाले रातो खबरलाई दिएका छन् ।

अभियानको नेतृत्व नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ ले गरिरहनुभएको छ ।

२०७५ फागुन १७ गते शुक्रबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :