सहिद सप्ताहको सन्देश

फागनु १४ गतेदेखि फागनु २१ गतेसम्म नेपाल कम्युिनस्ट पार्टीलगायत आफूलाई जनयद्धुका पक्षधर भन्ने पार्टीहरूले विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरेका छन् । तत्कालीन नेपाल कम्युिनस्ट पार्टी (माओवादी) ले २०५५ सालमा चौथो विस्तारित बैठकबाट २०५२ साल फागनु १४ गते विद्यार्थी दिलबहादरु रम्तेलको सहादत भएको मितिदेखि झापा विदा्रेहका क्रममा गिरफ्तार गरी अड्डा सारका नाममा सखुानी जङ्गलमा लगी २०२९ साल फागनु २१ गते रामनाथ दाहाल, कृष्ण कइुँकेल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठलाई हत्या गरेको दिनको सम्झना गरी यसबीचको एक सातालाई सहिद सप्ताह मनाउने निर्णय गरेको थियो । यसरी उक्त विस्तारित बैठकले नेपालमा जनवादी क्रान्ति गर्ने उद्देश्यले सञ्चालित सबै सशस्त्र विदा्रेहहरूलाई जोड्ने काम गरेको थियो । तिनै सशस्त्र विदा्रेह, मूल रूपमा १० वर्षको महान् जनयद्धुले हिजो सामन्तवादी राजतन्त्रको अन्त्य गरेको थियो ।

जनयद्धुको मख्ुय लक्ष्य संसदीय गणतन्त्र नभए पनि अहिले नेपालमा अभ्यास गरिएको र केपी ओली–पच्रण्डले आनन्दानभुूति गरेको सत्ता तिनै सहिद, बेपत्ता योद्धा, घाइते योद्धा र जनयद्धुमा लामबद्ध जनताको रगतपसिनाबाट आएको हो । तर अहिले झापा विदा्रेहका एक नाइके र जनयद्धुका मख्ुय नायकहरूले यो सहिद सप्ताहलाई उनीहरूले राज गरेको राज्यसत्तामा मान्यता दिलाएका छैनन् । त्यसैले यो सहिद सप्ताह अहिले आएर माक्र्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्नेहरूले जनयद्धुको उत्तराधिकार लिएका छन् भने र पच्रण्ड, बाबरुाम र बादलहरूले चटक्कै छाडेर राजामहाराजाहरूले मनाउँदै आएको सहिद सप्ताहलाई पनुः वैधानिकता दिएका छन् । श्री ५ को सालिकमा शिर निहरुाउने गरेका छन् । जहानियाँ राणा शासनका विरुद्ध लड्दा सहिद हनुे धर्मभक्त, शक्रुराज, दशरथ चन्द र गङ्गालालहरूले हाँसीहाँसी जीवन आहुित दिएका थिए । उनीहरू पनि सहिदहरू नै हनु् । राणा शासनका विरुद्ध योजनाबद्ध सेना बनाएर विदा्रेह गर्ने त लखन थापाहरू हनु् । उनीहरूलाई कहिल्यै सहिदको दर्जा दिइएको थिएन । लखन थापालाई पहिलो सहिद भन्ने गरिन्छ । अहिले बल्ल आएर नाम मात्रको सहिद बनाइएको छ । त्यसैगरी दिल्ली सम्झौताको विरोध गर्दै किसानराज कायम गर्ने उद्देश्यसहित राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध सेना बनाएर नै सङ्घर्ष गर्ने भीमदत्त पन्त हनु् । उनले त राष्ट्रिय मुिक्त आन्दोलनको पनि नेतृत्व गरेका थिए । उनीहरूले सञ्चालन गरेको किसान विदा्रेह दबाउन नेपाल पव्रेश गरेको भारतीय सेनासँग डटेर लडेका थिए । उनलाई यो गणतन्त्रात्मक संसदीय व्यवस्थाले सहिदको सूचीमा राखेको मात्र छ ।

यो राज्यले पञ्चायतविरुद्ध लडेकाहरूलाई पनि सहिद मानेको छ । जनयद्धुको जगमा खडा भएको २०६२÷६३ का सहिद भनी सहरमा रगत बगाएका काङ्गे्रस, तत्कालीन एमालेका नेता÷कार्यकर्ता वा जनतालाई पनि सहिदको कोटामा राखेको छ । तर राजतन्त्रको अन्त्य गर्न स्वेच्छिक रूपमा जनयद्धुमा सामेल भएर रगत बगाएकाहरूलाई अहिलेसम्म सहिदको दर्जा दिइएको छैन । बरु उनीहरूले बनाएको संविधान र विस्तृत शान्तिसम्झौतामा ‘द्वन्द्वका क्रममा मारिएका’ भनी उनीहरूको त्याग, बलिदान र समर्पणलाई अति न्यूनीकरण गरिरहेका छन् । तर उनीहरूको रगत र पसिनाको मूल्यमा खडा भएको सत्ताको रसास्वादन भने गरिराखेका छन् । त्यसैले उनीहरू वास्तविक सहिद र उनीहरूको जीवनमूल्यलाई आत्मसात गर्न सक्दैनन् । यो सबै पच्रण्ड–बाबरुामहरू पनुः भष््रटीकरण भएको विकृत संसदीय व्यवस्थामा फर्किएको परिणाम हो । सहिदका सपनालाई बीच बाटोमा छाडेर हिँडेकाहरूबाट अरू आशा गर्नु पनि आवश्यक छैन ।

जनयद्धु र झापा विदा्रेहका सहिदहरूले नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गरेर वैज्ञानिक समाजवाद हँुदै साम्यवादसम्म पग्ुने सपना देखेका थिए । उनीहरूको सपनामा तसुारापात भएको अवस्था हो अहिले । उनीहरूको सपना पूरा गर्न नेपालका क्रान्तिकारीहरूले अहिले अर्को कोसिस गरिराखेका छन् । क्रान्तिको नयाँ जग निर्माण भैराखेको छ । नेपालका सबै सच्चा क्रान्तिकारीहरू सही माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई आत्मसात गरेर क्रान्तिलाई अगाडि बढाउन ुपर्ने बेला भैसकेको छ ।

सचेततापूर्वक आत्मोसर्ग गर्नेहरूले सजीव सपना देखेको हन्ुछ । नयाँ संसारको परिकल्पना गरेको हन्ुछ । पूर्ण स्वतन्त्रता चाहेको हन्ुछ । आफ्नो मृत्यलुाई जनताको मुिक्तसँग साटेको हन्ुछ । जनयद्धुमा सरुेश वाग्ले (वास)ु, कृष्ण सेन ‘इच्छकु’, शेरमान कँुवर, कमुार, कीमबहादरु थापा, परिवर्तन, रीतबहादरु खड्का, रामवृक्ष यादवलगायत सबै आदरणीय सहिद र डण्डपाणि न्यौपाने, पूर्ण पौडेललगायत राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको सपनालाई साकार पार्न सञ्चालन गरिएको नयाँ अभियानलाई सफल पार्नु नै सहिद सप्ताहले दिएको सन्देश हो । त्यो सन्देशलाई पूरा गर्ने नयाँ प्िरतबद्धताको खाँचो रहेको छ । सम्पादकीय

२०७५ फागुन १७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :