नेकपाका नेता भुजेल गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य रहेका भुजेल विगतमा नेकपा निकट युवा सङ्गठनमा आबद्ध थिए । प्रहरीले उनलाई मङ्गलबार गिरफ्तार गरेको हो । काठमाडौँको कलङ्कीमा पारिवारिक जमघटमा सहभागी भइरहेको बेला भुजेललाई गिरफ्तार गरेको जनाउँदै नेकपाले रिहाइको माग गरेको छ ।
२०७५ फागुन १४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :